Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा पनि कोराना संक्रमितको संख्या बढ्दै

नेपालमा पनि कोराना संक्रमितको संख्या बढ्दै

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर २ सय ९३ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ९ हजार ५ सय १० र एन्टिजेन परीक्षणबाट २ हजार १ सय गरी १६ गरी ११ हजार ६ सय २६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । बुधबार थप एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

पछिल्लो समय संक्रमितको संख्या वृद्धि हुँदै गएको भन्दै मन्त्रालयले कोरोना संक्रमणबाट जोगिन मास्क अनिवार्य लगाउन चेतावानी दिएको छ । संक्रमितको संख्या बढ्न थालेपछि टेकु अस्पतालमा बिरामीको चाप फेरि बढ्न थालेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६३ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ६१ रहेको बताइएको छ ।

यसैबीच सरकारले छिमेकी मुलुक भारतमा संक्रमितको संख्या बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर नेपालमा पर्न सक्ने भन्दै नाकामा कडाइ गरिएको छ । नेपालसँग खुला सीमाना जोडिएको भारतका १७ राज्यमा नयाँ ओमिक्रोन भेरियन्ट फैलिएको छ ।

यो पनि पढ्नुहोस्

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ।

शुक्रबा बिहान पार्टी कार्यालय पेरिसडाँडामा बैठक विहान ८ बजेका लागि बोलाइएको छ।

पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने जनाइएको छ।

प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ। माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ।