Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २ को मृत्यु

थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौं, नेपालमा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २९३ जना संक्रमित थपिएका हुन्।

यस्तै बितेको २४ घण्टामा २ जना संक्रमितको मृत्यु समेत भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८१ पुगेको छ भने कुल संक्रमित पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २६ हजार र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार पुगेका छन् । संक्रमितमध्ये हालसम्म करिब ८ लाख ९ हजार जना निको भएका छन् । २६३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा १४८ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ संक्रमित छन्।

यो पनि पढनुहोस

एक महिलालाई बलात्कार गरेको आरोपमा रुकुम प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सल्यानको बनगाड गाउँपालिका वडा नम्बर ४ बस्ने ३० बर्षका वकिल रोकायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ की एक महिलालाई रोकायले जबरजस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रोकायले बिवाह गर्ने प्रलोभन देखाई गत कार्तिक महिनामा ती महिलालाई बलात्कार गरेको जनाईएको छ । उनीविरुध्द जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाइने प्रहरीले उल्लेख गरेको छ । घटनाको थप अनुसन्धान शुरु गरिएको छ ।