Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोभिडका बिरामी बढेपछि हुने भयो लकडाउन

कोभिडका बिरामी बढेपछि हुने भयो लकडाउन

काठमाडौं, कोभिड संक्रमण फेरि बढेपछि चीनको उत्तरी सहर सियानमा लकडाउन घोषणा गरिएको छ । सियानको जनसंख्या १ करोड ३० लाख छ । हिउँदे ओलम्पिकको पूर्वसन्ध्यामा महामारी नियन्त्रण गर्न सरकारले उच्च सर्तकता अप्नाएको छ ।

सियानमा बुधबार ५२ जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । योसँगै सो सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४३ पुगेको छ ।

बिहीबार रातिदेखि हरेक दुई दिनमा प्रत्येक घरको एक जना सदस्य मात्र आवश्यक सामाग्री किन्न पसल जान पाउनेछन् । आकस्मिक अवस्थामा बाहेक कोही व्यक्ति पनि सहर छोड्न र घरबाहिर निस्कन पाउने छैनन् । लकडाउनका कारण सो सहरतर्फ उड्ने ८५ प्रतिशत उडान स्थगित भएका छन् । सरकारले सियानका सबै नागरिकको कोभिड परीक्षण गर्ने भएको छ । एजेन्सी

यो पनि पढनुहोस

सरकारले प्रदेश २ का १८ वर्ष भन्दा माथिका सबै नागरिकहरुलाई लक्षित गरेर कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

पुस महिना भरी प्रदेश २ का सबै जिल्लाहरुमा खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म खोप नलगाएका नागरिकहरुलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरि खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।

प्रदेश २ मा पुस महिना भरी भेरोसेल र एस्ट्राजेनेका खोप लगाइने मन्त्रालयले जनाएको छ। प्रदेश २ का रौतहट,सिराहा,सप्तरी,महोत्तरी,बारा,पर्सा,सर्लाही र धनुषामा खोप अभियान सञ्चालन हुने छ।