Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

केही साताभित्रै ओमिक्रोन सम्पूर्ण देशभर फैलिन सक्ने चेतावानी

केही साताभित्रै ओमिक्रोन सम्पूर्ण देशभर फैलिन सक्ने चेतावानी

काठमाडौं, कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन चेतावनी दिएका हुन् ।

‘अब छिट्टै कोभिडको अर्को आँधी आउँदैछ । केही साताभित्रै ओमिक्रोन सम्पूर्ण देशभर फैलिन्छ , जसका कारण विभिन्न देशको स्वास्थ्य प्रणाली नै अस्तव्यस्त हुनेछ ।,’ क्लुगले भने ।

युरोपका विभिन्न देशहरुले लकडाउनदेखि प्रतिबन्धात्मक व्यवस्था लागू गरिरहेको अवस्थामा उनको चेतावनी आएको हो । जर्मनीले क्रिसमसको पूर्वसन्धयामा पार्टीमा जान र भिडभाड गर्न रोक लगाएको छ । यसअघि नेदरल्यान्ड्सले तीन साता लामो लकडाउन गरेको थियो ।

पोर्चुगलले आगामी २६ डिसेम्बरसम्मका लागि बार र नाइट क्लब बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै, स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्डले पनि प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन् । युरोपका अधिकांश देशमा ओमिक्रोन तीव्र फैलिएको छ ।

यो पनि पढ्नुहोस,

कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा ट्रकमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

स्कुटर चालक अन्नपूर्ण गाउँपालिका–१, नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र पछाडि सवार २८ वर्षीय सुनील केसीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जनाइएको छ ।

गए राति करिब १२ बजे सडकछेउमा रोकिराखेको ना७ख ९१२४ नम्बरको ट्रकमा ग२१प ४४६० नम्बरको स्कुटर ठोक्किएको थियो । ट्रक चालकलाई प्रहरीचौकी नौडाँडाले नियन्त्रणमा लिएको छ ।