Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजबाट नेपाली विद्यार्थी अष्ट्रेलिया जान पाउने , यो खोप अनिवार्य

आजबाट नेपाली विद्यार्थी अष्ट्रेलिया जान पाउने , यो खोप अनिवार्य

काठमाडौँ : कोरोना महामारीका कारण लामो समयदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अष्ट्रेलियाले आजबाट सीमा खुला गरेको छ ।

योसँगै अब कोरोनाको दुवै डोज खोप लगाइसकेका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष कामदार, शरणार्थी, अष्ट्रेलियामा रहेकाको परिवारहरु अष्ट्रेलिया जान पाउने छन् । नेपालको लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले सो जानकारी दिएकी हुन् ।

खोपको दुई मात्रा लगाएका विद्यार्थी, दक्ष कामदार, दक्ष आप्रवासीहरु, शरणार्थीहरु अब अष्ट्रेलिया अब जान पाउने भएका हुन् । अष्ट्रेलियाको सीमा नाका खोलेसँगै नेपाली विद्यार्थीहरुलाई राहत पुगेको छ ।

लामो समयदेखि हातमा भिसा लिएर बसेका विद्यार्थीहरुको बाटो अब खुलेको छ । अष्ट्रेलियमा बसोबास गर्दै आएको विद्यार्थी तथा अन्यका परिवारका सदस्यहरु पनि अब जान पाउने भएका छन् । करिब ५ हजार विद्यार्थीहरु कोभिड–१९ को कारण अष्ट्रेलिया जान पाएका थिएनन् ।

‘आज डिसेम्बर १५ बाट पूर्ण खोप लगाइसकेका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष आप्रवासी कामदार, शरणार्थी, मानविय, अस्थायी पारिवारिक भिसा भएकाहरुलाई अष्ट्रेलिया खुला भएको छ,’ भोल्कले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ।

अष्ट्रेलियाको यो निर्णयले भिसा लिएर बसेका सयौं नेपाली विद्यार्थीलाई राहत पुगेको छ । अध्ययन गर्नको लागि भिसा लिएर बसेका नेपाली विद्यार्थीहरु कोरोनाको दुवै डोज खोप लगाएर अब अष्ट्रेलिया जान पाउने छन् ।

त्यति मात्र होइन अष्ट्रेलियामा अध्ययनरत तथा बिभिन्न क्षेत्रमा आवद्ध नेपालीहरुले आफ्ना परिवारका सदस्यहरुलाई पनि खोप लगाएर अष्ट्रेलिया बोलाउन सक्नेछन् ।

बिभिन्न शैक्षिक परामर्श संस्थाहरूका अनुसार करिव ५ हजार नेपाली विद्यार्थी कोरोनाका कारण अष्ट्रेलिया अध्ययन गर्न जान पाएका थिएनन् । अब उनीहरुको लागि बाटो खुला भएको छ ।