Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हालसम्म अमेरिकामा आठ लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु

हालसम्म अमेरिकामा आठ लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु

काठमाडौँ : अमेरिकामा कोभिडबाट आठ लाखभन्दा बढीको मृत्यु भएको छ । यो संख्या अमेरिकी सहर बोस्टन र वासिंटन सहरको जनसंख्या भन्दाबढी हो ।

अहिलेसम्म पाँच करोड अमेरिकीलाई कोभिड संक्रमित भएका छन् । मृत्यु हुनेमध्ये अधिकांश व्यक्ति खोप नलगाएका र बृद्धबृद्धा छन् । कोभिडबाट गत वर्षभन्दा यो बर्ष धेरै अमेरिकीको मृत्यु भएको छ ।

खोपको पहुँचको बाबजुद पनि अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ । पछिल्लो ११ सातामा १ लाख जनाको मृत्यु भएको छ । यो दर यसअघिको तुलनामा निकै धेरै हो ।

आजभन्दा ६५० दिनअघि सियाटलमा कोभिडबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो । गत वर्ष फाइजर खोपलाई स्वीकृति दिएपछि पनि अमेरिकामा कोभिडकै कारण ३ लाख जनाको मृत्यु भइसकेको छ ।

अप्रिलमा अमेरिकाले मोडेर्ना र जोनसन एन्ड जोनसनलाई पनि स्वीकृत गरेको थियो । यी तीनै खोप अहिले सबै उमेर समूहका व्यक्लिाई सर्वसुलभ छ ।

यो पनि

हुम्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडेर्ना खोप दिइने भएको छ ।

कोरोना सङ्क्रमणबाट जोगिनका लागि सो उमेर समूहका ९ हजार ६२१ बालबालिकालाई उक्त खोपको पहिलो मात्रा दिइने भएको हो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार उक्त खोप आगामी पुस ४ देखि १४ गतेसम्म सातवटा गाउँपालिकामा १०० खोप केन्द्रमार्फत दिइने छ ।

खोपसहित स्वास्थ्यकर्मी चाँडै परिचालन गरिने उनको भनाइ छ । खोपसम्बन्धी दक्षता हासिल गरेका स्वास्थ्यकर्मी र गाउँ–गाउँमा रहेका स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ ।

उक्त खोपको दोस्रो मात्रा आगामी माघ २ देखि १२ गतेसम्म सम्बन्धित खोप केन्द्रमा लगाइने भएको छ । हिमपातका कारण खोप लिएर स्वास्थ्यकर्मीलाई जान कठिनाइ हुने भएपछि नाम्खा गाउँपालिकाको वडा नं ४, ५ र ६ का बालबालिकालाई भने हाललाई नलगाइने भएको छ ।

ती वडाका बालबालिकालाई हिउँदयाम सकिएपछि खोप लगाइने कार्यालयले जनाएको छ ।