Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

६५ वर्षको बृद्धा बा आमाले गरे धुमधामसंग अचम्मकै बिहे,बेहुला भन्छन "सातै जुनी संगै जिउने हो"(भिडियो अन्तरबार्ता)

६५ वर्षको बृद्धा बा आमाले गरे धुमधामसंग अचम्मकै बिहे,बेहुला भन्छन "सातै जुनी संगै जिउने हो"(भिडियो अन्तरबार्ता)

मानिसको बिहे गर्ने औसत उमेर भनेकै २२ बर्ष पछि २७ बर्ष सम्म हो,यो उमेरलाई परिपक्क उमेर मान्ने गर्दछन नेपाली समाजमा तर आज एउटा यस्तो अचम्मको बिहे भयो जुन बिहेमा केहि जन्ती मात्रै देखिन्थे ।बेहुलाको उमेर भने ६५ बर्षको थियो अनि बेहुली ५५ बर्षकी जसको बिहे धुमधाम संग हुदै थियो ।

यो अचम्मको बिहे भने रिमा साइराम सेवा आश्रममा भएको हो।लामो समय देखि सेवा दिदै आएको उक्त आश्रममा आज भन्दा डेड बर्ष अगाडी यी दुवै बेबारिसे अबस्थामा भेटिएपछि रिमाले आफ्नो आश्रममा ल्याएर आश्रय दिदै आएकी थिइन।रिमाले आफ्नो सदस्य बनाएर राखेका यी दुईको प्रेम बसेकै कारण बिहे भएको खुलेको छ।

बेहुली बनेकी महिला भने बोल्न सक्दिनन ,उनि असक्त भएपनि आफु साहरा बन्ने बताउदै उनको श्रीमान बनेका ६५ बर्षीय वृद्धाले आफुले बल्ल बुझ्ने मान्छे पाएको बताएका छन।उनले आफुलाई सधै खुसि दिने मान्छेहरु टाढिएको र खोजीमा हुदै गर्दा एक्कासी आफ्नो साहारामा नया व्यक्ति प्रवेश भएको बताएका छन।

नव दुलाहको बिहे भने आज भन्दा ३५ बर्ष अगाडी भएको रहेछ।१९ बर्षको छोराले सधैको लागि संसार त्यागे संगै श्रीमतीले पनि यो संसार छाडेर गएपछि आफु एक्लै जीवन काट्दै आएका थिए।आँखाभरी आँसु पार्दै उनले बिगत सम्झिएर भने 'आफुलाई साहरा दिने सबैले जीवन भरि रुवाएर छाडेर गए अब अर्को साहरा पाएको छु उसलाई टाढा जान दिन सक्दिन'।सती जुनी संगै जिउने कसम खाएर आफुले नया जोडी बनाएको उनको भनाइ छ।हेरौ यो बिशेष कुराकानी :