काठमाडौं । टिकटकमा फलोअरले कन्टेन्ट क्रियटरलाई ‘टिप’ दिन मिल्ने गरी नयाँ फिचर सुरु भएको छ । अहिले टिकटकमा क्रिएटरहरू लाइभमा बस्दा फलोअर्सले उनीहरूलाई विभिन्न गिफ्टहरू दिन मिल्ने फिचर छ ।
यही सुविधालाई परिष्कृत गर्दै कम्पनीले गत बुधबार ‘टिप्स’ फिचर सार्वजनिक गरेकाे हाे । कम्पनीले विश्वका केही देशममा याे फिचर उपलब्ध गराइसकेकाे छ । विस्तारै अन्य देशका प्रयाेगकर्ताले पनि याे फिचर प्रयाेग गर्न पाउने कम्पनीले बताएको छ ।
अनलाइन पेमेन्ट प्लेटफर्म स्ट्राइपसँग सहकार्य गरी टिकटकले याे फिचर ल्याएकाे हाे । यसअन्तर्गत फलोअरहरूले टिकटकमा आफूलाई मन परेका कन्टेन्ट क्रिएटरलाई सिधै पैसा पठाउन सक्छन् ।
फलोअरले ५ डलर, १० डलर र १५ डलर वा आफूले चाहेको रकम इन्टर गरी पैसा पठाउन सक्नेछन् ।
कम्पनीका अनुसार टिकटकको प्रोफाइल पेजमा गएर सेटिङ अप्सनमा हेर्दा ‘टिप्स’ नामक अप्सन देखिनेछ । जसअन्तर्गत फलोअरहरूले क्रिएटरलाई सोझै पैसा पठाउन सक्छन् ।
यसरी पठाइएको टिपमा टिकटकले आफ्नो कमिसन नलिने बताइएको छ । यसरी पठाएको पैसा सिधै सम्बन्धित व्यक्तिको खातामा आउनेछ ।
१८ वर्षभन्दा माथि र एक लाखभन्दा बढी फलोअर भएका कन्टेन्ट क्रियटरलाई मात्रै यो फिचर उपलब्ध हुनेछ ।
यस्तै टिकटकले लाइभमा दिइने गिफ्टको फिचरलाई पनि केही परिवर्तन गरेको छ । यसअन्तर्गत प्रयोगकर्ताले लाइभमा गिफ्टको रुपमा अब डायमण्ड पनि दिन सक्छन्, जसलाई साटेर पैसा निकाल्न मिल्छ ।
यो पनि पढ्नुहोस,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका दुईजना पूर्वप्रहरी महानिरीक्षक(आइजिपी) र एक जना नेपाली सेनाका पूर्वजर्नेल निर्वाचित भएका छन् ।
पूर्वआइजिपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी पूर्वआइजिपी रवीन्द्र प्रताप शाह पुरुष तथा महिला खुल्ला ५७ जनामा १७ सय ४५ मतसहित चौथो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
त्यसैगरी पूर्वजर्नेल तथा स्पेनका लागि पूर्वनेपाली राजदूत भरत बहादुर रायमाझीले ११०९ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।