Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुरु भयो पोखराको केबुलकार ,केबुलकारमा चडदा यस्तो रमाइलो (भिडियोसहित)

सुरु भयो पोखराको केबुलकार ,केबुलकारमा चडदा यस्तो रमाइलो (भिडियोसहित)

पाेखरा । पोखरामा निर्माण भएको अन्नपुर्ण केवलकार निर्माणको परिक्षण कार्य भैरहेको छ । यो पोखराको पहिलो केबुलकार हो । अहिले गोण्डला सेदीबाट सराङकोट पुर्याएर परिक्षण कार्य भैरहेको छ ।

सर्वसाधारणहरुलाई व्यवसायिक रुपमा आगामी जनवरी १ अर्थात अंग्रेजी नयाँबर्ष देखि संचालन गर्ने तयारी भईरहेको जनाइएको छ। अहिले जापानस्थित निपोन कम्पनीले प्राविधिक तर्फको अन्तिम काम गरिरहेको अन्नपुर्ण केवलकार प्रालि का संचालक मध्येका एक तिर्थराज त्रिपाठीले बताउनुभयो।

केवलकार पोखरा १८ सेदी देखी चढेर सराङकोटमा पुग्न सकिन्छ। अन्नपूर्ण केवलकारसेदी देखी सराङकोटसम्म दुई दशमलव ४ किलोमिटरको दुरीको हुने छ। सराङकोटको टावर १ हजार ५ सय १५ मिटरको उचाईमा हुने छ।तल्लो स्टेशन समुद्री सतहदेखि ८ सय ७० मिटरको उचाईमा छ । त्यो उचाई केवल ८ मिनेटको यात्रामा पुरा हुने छ। १८ वटा गण्डोला (डिब्बा) ले सर्वसाधारणलाई ओसार्ने छन्।

https://youtu.be/C19mZZ2EuBM