काठमाडौं। संसारकै पहिलो जीवित रोबोट बनाएका अमेरिकी वैज्ञानिकहरुले यो रोबोटमा प्रजनन क्षमता पनि भएको जनाएका छन् । जीवित रोबोटलाई जेनोबोट भनिन्छ । वैज्ञानिकहरुले अफ्रिकी भ्यागुताको स्टेम कोशिकाहरुको उपयोग गरेर विश्वको पहिलो जीवित, स्वउपचार रोबोट बनाएका हुन् ।
जेनोबोटलाई पहिलो पटक २०२० मा सार्वजनिक गरिएको थियो । यी रोबोटको आकार निकै सानो हुन्छ । त्यतिबेला गरिएका विभिन्न प्रयोगमा यी जीवित रोबोटहरु हिँड्न सक्ने, साथमा काम गर्न सक्ने र आफूले आफैंलाई उपचार गरेर ठिक गर्न सक्ने तथा खाना बिना हप्तौंसम्म जीवित रहन सक्ने भएको पत्ता लागेको थियो ।
वर्मोन्ट विश्वविद्यालय, टफ्टस विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयको भाइस इन्स्टिच्युट फर बायोलोजिकल इन्स्पायर्ड इन्जिनियरिङमा अहिले केही वैज्ञानिकहरुले जेनोबोट्स विसित गरेका छन् । सीएनएनको रिपोर्टअनुसार यी वैज्ञानिकहरुले जनावर, वा बिरुवाको भन्दा फरक जैविक प्रजननको बिल्कुलै नयाँ रुप खोजी गरेको बताएका छन् । यो रुप विज्ञानलाई अहिलेसम्म थाहा भएको कुनै रुपभन्दा बिल्कुनै अलग भएको उनीहरुले बताएका छन् ।
अहिले बनाइएको जेनोबोट गत वर्ष सार्वजनिक गरिएको बायोलोजिकल रोबोटको अद्यावधिक गरिएको संस्करण हो । यो जीवित रोबोटलाई वैज्ञानिकहरुले भ्यागुताको कोशिकाबाट तयार गरेका हुन् । यो सानो रोबोटले कैयौं काम एकैचोटी गर्न सक्छ । यो रोबोटले कैयौं एक्ला कोशिकाहरुलाई जोडेर आफ्नो शरीर बनाउन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।
विज्ञहरुका अनुसार मानिसजस्तै भ्यागुताका कोशिकाले एक शरीरको निर्माण गर्छन् । यी कोशिकाले एक प्रणालीको रुपमा काम गर्छन् । जेनोबोट बनाउनको लागि वैज्ञानिकले भ्यागुताको भ्रुणबाट जीवित स्टेम कोशिकाहरु निकालेर त्यसलाई इन्क्युबेट गरेका थिए ।
कम्प्युटर विज्ञानका प्राध्यापक र रोबोटिक्स जोश बोंगार्डले भने ‘धेरैजसो मानिसहरु रोबोटलाई धातु र सिरेमिकबाट बनेको मान्छन् । तर यो रोबोट केवल यति मात्रै होइन । यो रोबोट आनुवंशिक रुपले परिवर्तित भ्यागुताका कोशिकाबाट बनेको जीव हो ।’
यो पनि पढ्नुहोस
कोभ्यास सुविधामार्फत कोरोना विरुद्धको ७ लाख २५ हजार ५ सय मात्रा कोभिसिल्ड खोप आइपुगेको छ।
कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त गर्ने ६० लाख मात्रा खोपमध्ये पहिलो खेप सोमबार बेलुकी ७ लाख २५ हजार ५ सय मात्रा कोभिसिल्ड आइपुगेको हो।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका बडेबाबु थापाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत आउने भनेको ६० लाखमध्येको पहिलो खेप आएको बताए।
र भोलि (बुधबार) दोस्रो खेपमा ९ लाख ७२ हजार मात्रा आउने र अर्को साता ६ लाख मात्रा आउने जानकारी पनि उनले दिए।
नेपालमा कोभिडविरुद्धको खोपको सुरुवात कोभिसिल्डबाटै भएको थियो।
सिरम इन्स्टिच्युट अफ इन्डियाको उत्पादनमा यो खोप प्रभावकारी देखिएको छ।