Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फेसबुकले आफ्नो कम्पनीको नयाँ नाम के राख्दै छ ,किन परिवर्तन गर्‍यो ?

फेसबुकले आफ्नो कम्पनीको नयाँ नाम के राख्दै छ ,किन परिवर्तन गर्‍यो ?

काठमाडौँ : फेसबुकले आफ्नो कम्पनीको नयाँ नाम ‘मेटा’ भएको घोषणा गरेसँगै इन्टरनेटमा यसबारे अनेकौँ प्रतिक्रिया आइरहेका छन् ।

जस्तै एक प्रयोगकर्ताले ट्वीट गर्दै, हामीलाई थाहा भएको एक मात्र मेटा यही हो भनेर एनबीए खेलाडी मेटा वल्र्ड पिसको तस्बिर पोस्ट गरेका छन् । कमेडी लेखक म्याट ओस्वाल्टले अर्को त्यस्तै व्यंग्यात्मक ट्वीट गरेका छन्, “मेटा भनेको छोटकरीमा, मैले हाइ स्कुलमा पढ्दा एउटी केटीलाई भेटेको थिएँ जो मलाई असाध्यै मन पथ्र्यो र वर्षौँपछि मैले उसलाई फेसबुकमा खोप विरोधी लिङ्क र टम ह्यांक्स सम्बन्धी काल्पनिक थेउरीहरु पोस्ट गरेको देखेँ । ”

अर्का एक निर्देशक, एडम ल्यान्स ग्रासिआले ‘मेटालाई ल्याउन नखोज’ भनेर लेख्दै २००४ को हिट फिल्म ‘मिन गल्र्स’ को एउटा तस्बिर राखेका हुन् ।

फेसबुकले अब आफ्नो कम्पनी भविष्यको इन्टरनेट मानिएको, ‘मेटाभर्स’ मा बढी केन्द्रित रहने बताउँदै कम्पनीको नाम रिब्रान्ड गराएको हो । मेटाभर्सले भर्चुअल दुनियाँलाई ‘अगुमेन्टेड रियालिटी’ अर्थात एआर प्रविधिसँग जोड्दछ ।

त्यसैगरी उता क्यानडाको अर्को एक‘मेटा मटेरियल्स’ नामक कम्पनीसँग फेसबुकको नाम जुध्न पुगेपछि सो कम्पनीको शेयर ३० प्रतिशतले वृद्धि भएको खबर पनि बाहिर आएको छ। फेसबुकसँग कुनै सम्बन्ध नभएपनि नाममा झुक्किँदा यस्तो भएको बताइएको छ ।

अमेरिकी सिनेटरहरुले चाहिँ फेसबुक जति भाग्न खोजेपनि आफ्ना गलत कामबाट लुक्न नसक्ने र यसले कम्पनीका नराम्रा कामहरुलाई नमेटाउने बताएका हुन् ।

यसअघि आन्तरिक डक्युमेन्ट लिक भएपछि कम्पनीले वास्तविक समस्याहरुको पनि सामना गरिरहेको छ । गलत सूचना प्रवाह, घृणात्मक पोस्ट नियन्त्रण जस्ता मुद्दाहरुमा यसले विश्ववयापी दबाब खेपिरहेको छ ।

यस्तोमा फेसबुक कम्पनीको नयाँ नाम मेटालाई केहीले एकदम हलुका रुपमा लिएर ठट्टा गरिरहेपनि कतिले चाहिँ गम्भीर आलोचना गरेका छन् । फेसबुकलाई मेटाको नाम दिनुले कुनै समस्या समाधान नगर्ने तिनको भनाइ छ । र कतिपय कम्पनीहरुले नै यो नयाँ नामको मजाक बनाइरहेका छन् ।

नाम परिवर्तन किन आवश्यक ?

सीईओ मार्कजुकर्वर्गले इन्टरनेट प्रविधिको नयाँ युगमा प्रवेशका लागि नाम परिवर्तनसहित कदम चालेको बताएका छन्। उनले फेसबुक संसारको सबभन्दा ठूलो सामाजिक सञ्जाल भएकाले पहिले इन्टरनेट प्रविधिको नयाँ युग ‘सामाजिक सञ्जाल’ भए जस्तै अब ‘मेटा’ युग सुरु गरेको दाबी गरेका छन्।

‘यो नयाँ अध्यायको सुरुवात गर्दा हाम्रो पहिचानका बारे धेरै सोच्ने गरेको छु’, सीईओ जुकर्वर्गले भनेका छन्, ‘सामाजिक सञ्जालको हामी एक आइकोनिक हौँ।’ तर उनले अब यति मात्र नहुने र अर्को नयाँ पाइला अगाडि सारेको बताएका छन्।

‘आज हामीलाई सामाजिक सञ्जालको कम्पनी भनेर चिनिएका छौँ’, उनले थपे, ‘तर प्रविधि निर्माण गरेर संसारभरका मानिसलाई जोड्ने हाम्रो डीएनएमा छ। अनि यो मेटाभर्स भनेको हामीले फेसबुक सुरुवात गर्दा जसरी सामाजिक सञ्जाल नयाँ युग थियो, उसैगरी नयाँ अध्यायको सुरुवात हो।’

शुक्रबार बिहान (नेपाली समयअनुसार) आफ्नो आधिकारिक पेजमा सूचना जारी गर्दै फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गर्दै ‘मेटा’ राखेको जनाएको छ। उसले अब इन्टरनेट प्रविधिको ‘नयाँ अध्याय’ मा प्रवेश गरेको उद्घोष गरेको छ। अब नयाँ प्रविधिसहित थ्रीडीमा मेटाले संसारलाई जोड्न सहयोग गर्ने जनाएको छ।