Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जापानले बनायो यस्तो आनौठो उड्ने बाइक , कति छ यसको मूल्य ? हेर्नुहोस भिडियो सहित

जापानले बनायो यस्तो आनौठो उड्ने बाइक , कति छ यसको मूल्य ? हेर्नुहोस भिडियो सहित

जापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको छ। समाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबार बिक्रीका लागि राखिएको छ।

उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (८ करोड १७ लाख रुपैयाँ) राखिएको छ। टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको छ भने ब्याट्रीबाट चल्ने चार वटा मोटर जोडेको छ। यो बाइक एक पटकमा ४० मिनेट उड्न सक्छ। यसको गति प्रतिघन्टा सय किलोमिटर रहेको समाचारमा उल्लेख गरिएको छ।

प्लेन, हेलिकाेप्टर मात्रै हाेइन अब बाइकमा चढेर उडने दिन पनि अाएकाे छ । रसियन टेक कम्पनी ‘होभरसर्फ’ ले चढेर उड्ने बाइक पनि बनाइसकेकाे छ । कम्पनीले अग्रिम बुकिङ समेत थालेको छ।

कम्पनीले उत्पादन गरेको ‘होबरबाइक एसथ्री २०१९’ को प्रिअर्डर सुरु गरेको हो । यो बाइकको अधिकतम् गति ९६ किलोमिटर प्रति घन्टा रहेको छ। जमिनको सतहबाट ५ मिटर उचाईसम्म यसले उडान भर्न सक्छ ।

कम्पनीका अनुसार यो उड्ने मोटरसाइकलको मूल्य डेढ लाख अमेरिकी डलर पर्ने बताएका छन् । आधा घन्टा भन्दा कम समय मात्र यसको उडने क्षमता छ । थोरै समयका लागि उडान भर्ने क्षमता रहेको यो बाइक मानिसका लागि ‘खतरनाक’ भएको समेत विज्ञहरुले बताइरहेका छन् ।

https://twitter.com/i/status/1453170834634264576

दुबई प्रहरी बलले यो क्राप्टको प्रयोग गर्ने योजना बनाई सकेको छ । उसले यसका लागि प्रशिक्षण पनि सुरु गरिसकेको छ । ‘स्कर्पियन होभरबाइक’ नामले समेत परिचित यो बाइक दुबई प्रहरी बलले खरिद गरी परीक्षण समेत गरिसकेको छ । उसले परिक्षण उडानका क्रममा देखिएको कमजोरीहरु हटाउन सुझाव पनि कम्पनीलाई दिइसकेको छ।

रिमोट–कन्ट्रोल ड्रोन मोडमा यो बाइकको उडान समय ४० मिनेटसम्म बढाउन सकिने कम्पनीका इन्जिनियरहरुले जनाएका छन् । सामान्य पार्किङ स्थलहरुमा समेत उडान भर्ने र अवतरण गर्न सक्ने क्षमता यसको रहेको छ । ट्राफिक जाम हुने सहरहरुमा ट्राफिक प्रहरीले सजिलै प्रयोग गर्न सक्छन् ।

यसले यातायात सेवालाई सडकमा सुचारु गराउनमा पनि ट्राफिक प्रहरीलाई सहयोग गर्नेछ । कम्पनीका अनुसार क्रेताले एउटा होभरबाइक एसथ्री २०१९ का लागि प्रि–अर्डर स्वरुप तत्काल १० हजार अमेरिकी डलर जम्मा गर्नुपर्ने हुन्छ । बुकिङ गरेको दुई देखि ६ महिनाभित्र डेलिभरी गरिने कम्पनीले जनाएको छ ।