Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिका कोभिडको पाँचौं लहरको उच्च विन्दुमा,धेरै क्षेति हुनसक्ने विज्ञहरुले चेतावनी

अमेरिका कोभिडको पाँचौं लहरको उच्च विन्दुमा,धेरै क्षेति हुनसक्ने विज्ञहरुले चेतावनी

अमेरिकामा हाल फैलिरहेको कोरोनाभाइरसको पाँचौ लहर चाँडै उच्च विन्दुमा पुग्ने विज्ञहरुले चेतावनी दिएका छन्। डेल्टा भेरियन्टका कारण तीब्र फैलिएको संक्रमण उच्च विन्दुमा पुग्ने विज्ञहरुले चेतावनी दिएका हुन्। भाइरस अझै केही वर्ष मानिसको जनजीवनको एउटा अंश हुने समेत उनीहरुले बताएका छन्।

अहिले औसतमा दैनिक १ लाख ७० हजार अमेरिकी संक्रमित छन्। कोरोनाका कारण अझै पनि दैनिक १८ सय अमेरिकीको मृत्यु हुने गरेको छ। त्यस्तै, १ लाख भन्दा बढी संक्रमित अस्पतालमा उपचारार्थ छन्।

जोन हप्किन्स विश्वविद्यालयकी सहप्राध्यापक तथा कोभिड उपचारसम्बन्धी बिज्ञ भक्ती हंसोतीले अमेरिकाको संक्रमणको प्रवृत्ति भारतको जस्तै रहेको बताइन्। युरोपेली मुलुकमा डेल्टा विस्तारमा भने समान गिरावट आएको उनको भनाइ छ।

ग्रीष्मकालमा देखिएको कोभिड लहर सकिएकोमा भने हंसोतीले सन्तोषको सास फेरेकी छिन्। ‘तर, अर्को लहर चाँडै अन्त्य हुनेमा मलाई शंका छ।’ अमेरिकीले कोभिडको चौंथो लहरबाट राम्रो पाठ सिक्नुपर्ने उनको भनाइ छ। तर, क्यानाडास्थित युनिर्भसिटी अफ ससकाटचेवन विश्वविद्यालयकी भाइरोलोजिस्ट एन्जिला रासमुसेन अमेरिकामा चौंथो लहर नै समाप्त भएकोमा आशंका व्यक्त गर्छिन्।एजेन्सी/