Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काभ्रेको चौरी देउराली-मजुवामा पहिरो,तीन घरमा क्षति स्थानीयले घर छोडे

काभ्रेको चौरी देउराली-मजुवामा पहिरो,तीन घरमा क्षति स्थानीयले घर छोडे

अविरल वर्षाले काभ्रे चौरिदेउराली गाउँपालिका -४ मजुवामा पहिरो गएको छ । पहिरोले तीन घरमा क्षति पुर्याएको छ । पहिरोले नेकपा निकटका विद्यार्थी नेता एवं अनेरास्ववियु का पूर्व उपाध्यक्ष दीपक गौतमसहित तीन जनाको घरमा क्षति पुर्‍याएको हो ।

पहिरो झर्ने क्रम नरोकिएपछि स्थानीयले घर छोडेका छन् । “पहिरो झर्ने क्रम रोकिएको छैन” पानी परि रहेकाले उद्दारको काममा कठिन भएको छ” गौतमले भने,”बिहानको समयमा पहिरो झरेकाले मानवीय क्षति हुन पाएन ।” अहिले सम्म तीन घरमा क्षति पुगेको छ,अन्य घर पनि जोखिममा छन्,उनले भने ।