Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

साइबरबाट यसरी हुन्छ ठगी, बच्नुहोस

साइबरबाट यसरी हुन्छ ठगी, बच्नुहोस

साइबर अ*पराधीहरूले अनेकौं जालझेल गरेर मानिसहरूलाई ठगिरहेका हुन्छन् । तपाईं पनि त्यसको शिकार हुन सक्नुहुन्छ ।

पब्लिक वाईफाई:पब्लिक वाईफाई नेटवर्कबाट जोकोहीले तपाईंको डेटामा प्राप्त गर्न सक्छन ।

पुरस्कार दिने इमेल:तपाईंले लटरी किन्नुभएको छैन भने इमेलमा विभिन्न आकर्षक पुरस्कार जितेको भनी आएका लिंक क्लिक गर्दै नगर्नुहोला । लिंक क्लिक गर्दा तपाईंको कम्प्युटर वा मोबाइलमा सफ्टवेयर डाउनलोड हुन सक्छ । त्यसले सबै निजी डेटा साइबर अ*पराधीकहाँ पुर्‍याइदिन्छ ।

डेटाका लागि ठगी:बैंकहरूसँग चोरी वा अन्य किसिमका ठगीबाट बच्नका लागि अनेकौं टूल हुन्छन् । त्यसैले साइबर अ*पराधी अब कम्पनीहरूलाई निशाना बनाइरहेका छन् । सीईओको इमेल ह्याक गरेर साइबर अ*पराधीहरूले सबै कर्मचारीको करसम्बन्धी जानकारी मागेको भेटिन्छ । त्यस्ता इमेल नखोल्नुस् । त्यसैले कफी शपमा बसेर कहिलेपनि विद्युतीय बैंकिङ कारोबार नगर्नुहोला । ठगीबाट बच्न भीपीएन प्रयोग गर्न सक्नुहुन्छ ।