Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फेरी ह्वात्तै घट्यो सुनको भाउ , तोलाको कति ? हेर्नुहोस्

फेरी ह्वात्तै घट्यो सुनको भाउ , तोलाको कति ? हेर्नुहोस्

काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ घटेको छ। आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार तेजाबी सुन ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउसँगै चाँदीको मुल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।