Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

५३ करोड फेसबुक प्रयोगकर्ताको डेटा लिक कसरी भयो त हेर्नुहोस

५३ करोड फेसबुक प्रयोगकर्ताको डेटा लिक कसरी भयो त हेर्नुहोस

काठमाडौं । केही दिनअघि फेसबुकको ५३ करोड ३० लाख प्रयोगकर्ताहरुको डेटा इन्टरनेटमा लिक भयो । ती डेटाहरुमा उनीहरुको प्रोफाइल नेम, फेसबुक आइडी नम्बर, ईमेल एड्रेस र फोन नम्बरहरु थिए ।फेसबुकले आफ्नो प्रारम्भिक प्रतिक्रियामा ती डेटा २०१९ मै लिक भइसकेको बताएको थियो । जुन बगको कारणले ती डेटा लिक भएका थिए, त्यसको सेक्युरिटी प्याच कम्पनीले त्यसै वर्षको अगस्टमा ल्याइसकेको बतायो ।फेसबुकले यो समाचारलाई पुरानो घटनासँग जोडेर सामान्यीकरण गर्न खोजे पनि पछिल्लो घटनाले समग्र सुरक्षा क्षेत्रको अध्यारो चित्र हामीमाझ प्रस्तुत गरेको छ । ती डेटा सर्वप्रथम २०१९ मा क्रि*मिनल डार्क वेबमा देखा परेको थियो ।त्यसबेला सोघ*टनालाई लिएर फेसबुकले विस्तृतरुपमा केही पनि खुलासा गरेको थिएन ।तर दुई दिनअघि मंगलबार मात्र फेसबुकका प्रोजेक्ट म्यानेजमेन्ट निर्देशन माइक क्लार्कले आफ्नो ब्लगपोस्ट मार्फत उक्त घ*टना घटेको कुरा स्वीकार गरेका छन् ।तर यहाँ एउटा दुविधा के छ भने फेसबुकको डेटा ब्रिच तथा एक्सपोजरका धेरै घ*टनाहरु छन् ।यसैले हाल सार्वजनिक भएको डेटाको उत्पत्ति कुन ब्रिचको घटनासँग जोडिएको छ भन्ने कुराको यकिन छैन ।२०१९ को अप्रिलमा थर्ड पाटीले एक्सपोज गरी सेक्युरिटी फर्म अपगार्डले खुलासा गरेको ब्रिचको घ*टना हो वा २०१८ मा फेसबुले आफ्नो नीति परिवर्तन गर्न अघि ह्या*करहरुले सार्वजनिक गरेको लाखौं डेटा हो ? वा टेकक्रन्चले २०१९ को सेप्टेम्बरमा रिपोर्ट गरेको घ*टना हो वा २०१८ मा क्याम्ब्रिज एनालिटिकासँग जोडिएको थर्ड पार्टी डेटा शेयरिङ सँग सम्बन्धित छ ?तर अनुसन्धानको क्रममा पछिल्लो समय सार्वजनिक भएको डेटा माथिका कुनै घ*टनासँग पनि सम्बन्धित नभएको कुरा बाहिर आएको छ । मंगलबारको ब्लगमा पाँच दिनअघि सार्वजनिक भएको त्यति ठूलो ५३ करोड ३० लाख डेटा यसअघिका घ*टनासँग नजोडिएर फरक डेटासेट भएको फेसबुकले स्वीकार गरेको छ ।ह्या*करहरुले फेसबुकको एड्रेस बूक कन्ट्याक्ट्स इम्पोर्ट फिचरमा रहेको त्रूटिलाई दुरुपयोग गरी त्यति ठूलो डेटामा एक्सेस पुर्‍याएका थिए ।फेसबुकले अगस्ट २०१९ मै भल्नरेबिलिटीका लागि प्याच उपलब्ध गराइसकेको बताए पनि यस अघि त्यो कतिपटक दुरुपयोग भइसकेको थियो भन्ने कुराको कुनै यकिन छैन ।१०६ मुलुकका ५३ करोडभन्दा धेरै फसबुक प्रयोगकर्ताहरुको सो डेटामा फेसबुक आईडी, फोन नम्बरलगायत फेसबुकका सुरुवाती प्रयोगकर्ता मार्क जुकरवर्ग र अमेरिकी यातायातमन्त्री पेट बुट्टिगिग तथा डेटा प्रोटेक्सनका लागि यूरोपियन यूनियन आयुक्त डिडियर रेन्डर्सको समेत डेटा रहेको छ ।पछिल्लो डेटा ब्रिचमा शिकार हुने हाई प्रोफाइल सूचीमा अमेरिकी संघीय व्यापार आयोगबाट ६१ जना र अटोर्नी जनरलबाट ६५१ जना रहेका छन् ।