Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गुगलले आईओएसका लागि ल्यायो नयाँ भिडियो एडिटिङ टुल एडिटिङ गर्न सकिने, यस्ता छन् नयाँ फिचर

गुगलले आईओएसका लागि ल्यायो नयाँ भिडियो एडिटिङ टुल एडिटिङ गर्न सकिने, यस्ता छन् नयाँ फिचर

काठमाडौं , गत वर्षकाे अगस्ट महिनामा गुगलले आईओएसका लागि नयाँ भिडिओ एडिटिङ टुल ल्याएको थियो । अब एन्ड्रोइडका लागि थप एडभान्स्ड फिचरसहित भिडिओ एडिटर ल्याउन लागेको छ ।

गुगल फोटोजको नयाँ भर्सन ५.३५ सार्वजनिक भएलगत्तै यो फिचरको अनुभव लिन पाइनेछ । फोटोहरुका लागि ब्याकअप राख्ने उत्तम स्थानका रूपमा परिचित गुगल फोटोजमा यसअघि नै तपाईंले फोटोलाई एडिट गर्न सक्नुहुन्छ ।

अब भने गुगल फोटोजले भिडियो एडिटिङका लागि पनि टुलहरु उपलब्ध गराउन लागेकाे हाे । यसमा आउने नयाँ अपडेटमा भिडियो एडिटिङका धेरै टुलहरु उपलब्ध हुनेछन् ।

गुगलले आफ्नो नयाँ भिडियो एडिटिङ टुलका फिचरबारे यसअघि नै विस्तृतरुपमा बताइसकेको छ ।

कस्ता छन् त नयाँ फिचरहरु ?

त्यसो त नयाँ गुगल फोटोज अपडेटले तपाईंलाई पोर्टेबल प्रिमियर प्रो वा उत्कृष्ट वर्कस्टेसन त प्रदान गर्दैन । तर स-साना त्रुटि भएका भिडियाेहरुलाई सम्पादन गर्न यो एकदमै उपयोगी छ ।

तपाईंले आफ्नो चाहनाअनुसार भिडियोलाई घुमाउन वा बङ्ग्याउन सक्नुहुन्छ । भिडियोलाई मार्किङ गर्न पनि सकिन्छ । अझ तपाईं ट्युटोरियल बनाउँदै हुनुहुन्छ भने यसमा फिल्टर र स्टिकर पनि राख्न मिल्छ ।

यसमा सबैभन्दा प्रोफेसनल ग्रेड टुल भनेको ब्राइटनेस मिलाउन सकने क्षमता छ र भिडियोको लुक्सलाई सुधार्न वार्म्थ, स्याचुरेसन, हाईलाइट्स जस्ता धेरै कलर सेटिङहरु यसमा छन् ।

एक्सडीए डेभलपर्सको अनुसार क्लिप भिडियोलाई स्टेबलाइज गर्न यो एकदमै उपयोगी छ ।

गुगल फोटोजको यो नयाँ फिचरले त्यति धेरै लाइफचेन्जिङ फिचर त ल्याएको छैन । तर भिडियोमा केही गर्न चाहनेहरुका लागि भने यसले उत्साह थपेकाे छ ।