Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आरोही संघको अध्यक्षमा माया शेर्पा पुन निर्विरोध निर्वाचित

आरोही संघको अध्यक्षमा माया शेर्पा पुन निर्विरोध निर्वाचित

सगरमाथा आरोही संघको अध्यक्षमा माया शेर्पा पुन निर्विरोध निर्वाचित भएकी छिन। उनि यसअघि पनि उनले संघको नेतृत्व गरेकी थिईन। सगरमाथाका साथै ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमालको सफल आरोहण गरिसकेकी माया हाल नेपाल पर्वतारोहण संघकी दोश्रो उपाध्यक्षका रुपमा कार्यरत छिन।

संघको आज भएको निर्वाचनमा दिवस पोखरेल प्रथम उपाध्यक्षतथा ल्हाक्पा रेण्डु शेर्पा दोश्रो उपाध्यक्षमा निर्वाचित भएका छन। यसैगरी महासचिवमा शिवबहादुर सापकोटा, सचिवमा मदन चुडाल र कोषाध्यक्षमा डिकी शेर्पा निर्वाचित भएका छन। यसैगरी हालै हिउँदमा पहिलो पटक केटु हिमाल आरोहण गरेका मिङ्गमा डेभिड शेर्पा र हिमालमा लगाउने नेपाली ब्राण्डका लुगा एभरेष्ट हार्डवेयरका प्रमुख सोनाम शेर्पा सदस्य रहेका छन।

सगरमाथा आरोही संघको स्थापना वाङचु शेर्पाको नेतृत्वमा भएको थियो। यस संघको सकृयतामा सगरमाथा आरोहीहरुको हकहितकालागि विभिन्न कार्य गरिएको थियो। यसैक्रममा सगरमाथा आरोहीलाई सरकारले लियाजो अफिसरका रुपमा पठाउन सुरु गरेको हो। आज निर्वाचन गरिएको काठमाडौंको तिलगंगा स्थित किर्तिमानी आरोही स्वर्गीय बाबुछिरी शेर्पाको शालिक रहेको भवनपनि संघकै सकृयतामा बनेको थियो। वाङचु शेर्पाको ‌केही वर्षअघि क्यान्सर रोगबाट निधन भएपछि माया शेर्पाले संघको नेतृत्व सम्हालेकी थिईन।