Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्रीको कुर्सीका लागि कहिल्यै लुछाचुँडी नगरिएको प्रचण्डको दाबी।

प्रधानमन्त्रीको कुर्सीका लागि कहिल्यै लुछाचुँडी नगरिएको प्रचण्डको दाबी।

ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री खानुहोस्, बरू आफू अध्यक्ष पदमै बसेर देशभर दुःख गर्न तयार रहेको भन्दापनि प्रधानमन्त्री पदका लागि झगडा गरेको भनि प्रचार गरेको दुःखेसो।काठमाडौं। नेकपा प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको कुर्सीका लागि कहिल्यै लुछाचुँडी नगरिएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली गुटका मान्छेहरूले अनावश्यक प्रचार मात्रै गरेको उनको भनाई थियो । ओलीले पाँचै वर्ष प्रधानमन्त्री खाउन्, बरू आफू अध्यक्ष पदमै बसेर देशभर दुःख गर्न तयार रहेको भन्दापनि प्रधानमन्त्री पदका लागि झगडा गरेको भनी प्रचार गरेको दुःखेसो पोखे।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै उनले भने, “यो पार्टीको आन्दोलन, विचार र संगठनलाई बदनाम गर्ने नियोजित षड्यतन्त्रको द्योतक हो।”

अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिकारीहरू क्रान्तिकारी विचारलाई भुत्ते बनाउने र क्रान्तिकारी नेतृत्वलाई बदनाम गर्ने प्रयासमा रहेको पनि बताए।प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीको राजनीतिक कार्यदिशा र राजनीतिक सोचमाथि प्रहार गरेपछि पार्टीमा आन्तरिक किचलो भएको र त्यही विन्दुबाट पार्टीमा संघर्ष सुरु भएको बताए।