Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रसिद्ध संगीताकार काली प्रसाद बास्कोटाको संगीत संयोजनमा बनेको गीत ‘समाचार’मा संगीत चोरेको आरोप, हेर्नुहोस् भिडियोसहित

प्रसिद्ध संगीताकार काली प्रसाद बास्कोटाको संगीत संयोजनमा बनेको गीत ‘समाचार’मा संगीत चोरेको आरोप, हेर्नुहोस् भिडियोसहित

काठमाडौं। प्रसिद्ध संगीताकार काली प्रसाद बास्कोटाको संगीत संयोजनमा बनेको गीत ‘समाचार’मा संगीत अरुकै गीतबाट लिइएको पाइएको छ ।हेटौडाका गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडी रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको हो । बिक्कीले आफ्नो फेसबुकमा समाचारले आफ्नो गीतको धुन चोरेकोले आफु छक्क परेको लेखेका छन्।

महत अहिले बास्कोटसँग प्रतिलिपी अधिकारको विषयमा छलफलको लागी प्रयत्नरत छन् भने प्रहरी कार्यालयमा रिपोर्ट समेत दर्ता गराइसकेका छन् ।प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा भने अहिलेसम्म यो रिपोर्ट पुगिसकेको थिएन । तर प्रहरी प्रशासनबाट चित्तबुझ्दो नतिजा नआएपछी सोमबार भने महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेका छन् ।

यसअघि पनि उनलाई ‘ईन्सटाँको फोटो’ भन्ने गीतमा उनलाई संगित चोरिको आरोप लागेको थियो। उनले कार्ला ब्रुनीको फ्रेन्च गीत केलक्याँबाट संगित हुबहु चोरेको आरोप लेपछि सामाजिक संजाल तरंगित भएको थियो।

महतले प्रहरीमा दिएको उजुरीपत्र:

उनले आफ्नो गीत र कालिप्रसादको ‘समाचार’को गीतलाई एकै बनाएर युट्युबमा राखेका छन्।

https://youtu.be/8qoLEeuuY_M