Shares
Shares
काठमाडौं, ३१ असार । गुरु पूर्णिमाका दिन आज (असार ३१ गते मङ्गलबार) राति १ः४६ बजे खग्रास चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण बुधबार बिहान ४ः४५ सम्म रहन्छ । यो ग्रहण नेपालको अधिकांश भागबाट देख्न सकिनेछ ।ग्रहण ३ घन्टा ५९ मिनेटसम्म रहन्छ । आकाशगङ्गामा सूर्य र चन्द्रबीच पृथ्वी रहँदा पृथ्वीको छाया चन्द्रमामा परेको बेला चन्द्र ग्रहण लाग्ने गर्छ । खण्डग्रासमा आधा छाया मात्र चन्द्रमामा ढाकिएको हुन्छ ।
यो चन्द्र ग्रहण एशिया, युरोप, अफ्रिकी देशहरु, अस्ट्रेलिया, दक्षिण अमेरिका र उत्तर अमेरिकाको पूर्वी भागबाट देखिनेछ । उत्तर अमेरिकाको उत्तर र पश्चिम भाग र ग्रिनल्याण्डबाट देखिने छैन।हिन्दु धर्ममा आस्थावानहरुका लागि असार ३१ गते मंगलबार दिउँसो ४ बजेर ४६ मिनेटदेखि सुतक लाग्ने हुनाले बाल, वृद्ध र बिमारीदेखि बाहेकले भोजन नगर्नु उत्तम हुनेछ ।
यो चन्द्र ग्रहण उत्तरषाढा नक्षत्र, वैधृती योग, विशिष्ट करण तथा धनु र मकर राशिमा चन्द्रमा को गोचर हुँदा लाग्नेछ । यो ग्रहण धनु राशिमा रहँदा केतु र शनि सँग युती सम्बन्ध हुनेछ । मिथुन राशिबाट सुर्य, राहु र शुक्रको दृष्टि रहनेछ । राहु र केतुबाट अन्य ग्रहहरु समेत पिडित बन्ने हुनाले ज्योतिषीय दृष्टिकोण बाट यो चन्द्र ग्रहण खराब मान्न सकिन्छ । यसबाट विषेश गरि अतिवृष्टि, अनावृष्टि एवं प्राकृतिक विपत्तिको अवस्था आउन सक्नेछ ।
यसको असर प्राकृतिक, सामाजिक र राजनितीक क्षेत्रमा देखिनेछ । चन्द्र ग्रहणको प्रभाव शासन पद्धती मा पर्ने देखिन्छ । मन्त्री लगायत सरकारी अधिकारी हरुको कार्यमा विचलन आउनाले जनगुनासो बढ्न सक्नेछ । उनीहरुको जिम्मेवारी समेत हेरफेर हुन सक्नेछ । चन्द्रग्रहण को युती मंगल बुध बाट षडाष्टक योग बन्छ । यसले जलवायु परिवर्तनमा विषेश असर पार्न सक्नेछ । राजनितिक रुपमा हेर्दा नेता हरु विच मनमुटाव बढ्न सक्नेछ भने निर्णय प्रक्रियामा ढिलाई हुनेछ ।धनु राशि र मकर राशिमा ग्रहण लाग्ने हुनाले यि राशि हुने व्यक्ति हरु लाई बढि कष्ट हुन सक्नेछ । समग्रमा यो ग्रहण को फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।
मेष राशि मान नाश
वृष राशि कष्ट
मिथुन राशि स्त्रीपिडा
कर्कट राशि सुख
सिंह राशि चिन्ता
कन्या राशि व्यथा
तुला राशि श्रीप्राप्ती
वृश्चिक राशि क्षती
धनु राशि घात
मकर राशि व्यय
कुम्भ राशि लाभ
मिन राशि सुख
यो चन्द्र ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मिन राशिलाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ ।धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो अवस्था अनुसार दान गरि आफ्नो नित्य कर्म गर्नू शुभ हुन्छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209