Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डब्ल्यूएचओको टोली चीन प्रस्थान, कोरोना भाइरसको बारे चाँदै अनुसन्धान हुने

डब्ल्यूएचओको टोली चीन प्रस्थान, कोरोना भाइरसको बारे चाँदै अनुसन्धान हुने

२६ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) की प्रवक्ता मरगारेट ह्यारिसले कोरोना भाइरस (कोभिड–१९) को विशेषज्ञको एक अग्रिम टोली शुक्रबार चीन प्रस्थान गरेको बताएकी छिन् ।

यो टोलीले चीनमा कोरोना भाइरसको उत्पत्तिको सम्बन्धमा जाँच गर्नेछ । टोलीमा सहभागी संगठनका पशु विज्ञान र महामारी विज्ञानका ज्ञाता दुई विशेषज्ञले चिनियाँ वैज्ञानिकहरुसँग मिलेर अनुसन्धानको दयरा र यस सम्बन्धमा हुने यात्राको कार्यक्रम निर्धारण गर्नेछन् ।

ह्यारिसका अनुसार अहिले चीन गएका दुई सदस्य अनुसन्धानको दायरा तय गर्नका लागि गएको अग्रिम टोली हो । ह्यारिसका अनुसार विश्वव्यापीरुपमा कोरोना भाइरस महामारीसँगको लडाइँको समीक्षाको लागि बिहीबार बनाइएको एक स्वतन्त्र प्यानलमा डब्ल्यूएचओको कुनै भूमिका नरहने पनि स्पष्ट पारेकी छिन् ।

स्रोत : बीबीसी