Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बरिष्ठ लोक गायक बोम बहादुर कार्कीको ‘के होला दवाई’ले चर्चामा

बरिष्ठ लोक गायक बोम बहादुर कार्कीको ‘के होला दवाई’ले चर्चामा

बुटवल – वरिष्ठ लोक तथा दोहोरी गायक बमबहादुर कार्कीका दम्पतीले कोरोनाको औषधि खोज्दै निकै मार्मिक गित बजारमा पस्किएका छन्। उनीहरुले गीतमार्फत ‘के होला दवाई’ नामक गीत ल्याएका छन् । गायक कार्की र उनकी श्रीमती गायिका शिवा आलेको संयुक्त आवाजमा उक्त गीत बजारमा आएको छ ।

गीतमा गायक कार्कीकै शब्द रहनुका साथै उनकी श्रीमती गायिका आलेको संगीत रहेको छ । उक्त गीतको भिडियो गायक कार्कीकै युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सो भिडियोमा गायक गायीका दम्पती नै देखिएका छन् । चीनको वुहान प्रान्तबाट विश्वभर फैलिएको कोरोना अहिलेसम्म त्यसको औषधि पत्ता नलागेको अवस्थामा ‘के होला दवाई’ नामक गीत ल्याएको गायक कार्कीले जानकारी दिए । कोरोनाको प्रकोप पछिल्लो समय नेपालमा तीव्र गतिले बढिरहेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लगाएको लकडाउनका कारण सबै कलाकारहरु विगतमा जस्तो स्वदेश तथा विदेशका कार्यक्रममा जानबाट रोकिएका छन् । यस्तै समयमा भएपनि कतिपय कलाकारले भने शन्देशमूलक गीत ल्याएका छन् ।

२०३९ सालबाट गायन क्षेत्रमा प्रवेश गरेका वरिष्ठ गायक कार्कीले अहिलेसम्म ८२ वटा एल्बम बजारमा ल्याएको बताए । त्यसमध्ये ‘भेटै नहुने, खोला पारी निरमाया वारी मरुने’ गीतले सर्बपृय बजार तताएका थिए र ती आफ्नो मात्रै पहिलो नभई नेपालकै पहिलो लोकदोहोरी क्यासेट भएको उनले बताए । गायक कार्कीको गीत ‘पानको पात’ त्यो बेलादेखि नै सर्वाधीक चर्चामा रहेको छ ।

आफूले गाएका गीतमध्ये स्वर्गीय जननेता मदन भण्डारीको सडक दुर्घटनामा निधन भएको घटनाबारे निकालिएको ‘दास ढुंगा’ क्यासेट सबैभन्दा बढी बजारमा बिक्री भएको कार्कीले जानकारी दिए । आफ्ना ८२ वटा एल्बमभित्र लोकगीत, लोकदोहोरी, लोकभजन, देउसीभैलो, तीज गीत लगायत विभिन्न जनचेतनामूलक गीत रहेको उनको भनाइ छ ।

गुल्मी जिल्लाको घमिर गाउँपालिका– ७ मा जन्मिएका वरिष्ठ गायक कार्की रेडियो नेपालको विभिन्न कार्यक्रममा २९ वर्ष आवद्ध, लण्डनबाट प्रशारित बीबीसी नेपाली सेवामा समाचार प्रशारकका रुपमासमेत आवद्ध भएका थिए । साथै, सरकारी सेवा निवृत्त निजामती उपसचिवमा पनि दश वर्ष कार्यरत भएको उनले जानकारी दिए ।

https://www.youtube.com/watch?time_continue=9&v=c_J9F7Jzudc&feature=emb_logo