Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जायर बोल्सोनारो(ब्राजिलका राष्ट्रपति)ले पनि डब्लूएचओ छाड्ने चेतावनी दिए

जायर बोल्सोनारो(ब्राजिलका राष्ट्रपति)ले पनि डब्लूएचओ छाड्ने चेतावनी दिए

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले विश्व स्वास्थ्य संगठन डब्लूएचओ छाड्ने चेतावनी दिएका छन्।ब्राजिल अमेरिकापछि कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। त्यहाँ यतिबेला मिनेट–मिनेटमा मानिसहरुको कोरोनाका कारण मृ*त्यु भइरहेको रोयटर्सले जनाएको छ।

डब्लूएचओले हाल कोरोनाले निकै प्रभावित बनिरहेको ब्राजिलले लकडाउन खोल्न नहुने बताएपछि ब्राजिलका राष्ट्रपति बोल्सोनारोले डब्लूएचओ छाड्ने चेतावनी दिएका हुन्।ब्राजिलमा हालसम्म ६ लाख ४६ हजारमा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ ३५ हजार ४७ को म*त्यु भइसक्दा ३ लाख २ हजार उपचारपछि स्वस्थ बनेका छन्।

अमेरिकाले डब्लूएचओ छाड्ने घोषणा गरेको केही समयमै ब्राजिलले पनि डब्लूएचओ छाड्ने चेतावनी दिएको हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बोल्सोनारो नजिकका मित्र मानिन्छन्। बोल्सोनारोले ट्रम्पको शैली पछ्याएको आलोचना हुने गरेको छ।

ट्रम्पले कोरोनाविरुद्धको उपाय नमान्ने बताइरहँदा बोल्सोनारोले पनि कोरोना भाइरसलाई सामान्य रोगको संज्ञा दिँदै आएका थिए।सोहीबीचमा अमेरिका र ब्राजिल कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र बनेका छन्।बोल्सोनारोले ब्राजिलमा लकडाउन खोल्नुपर्ने भन्दै त्यहाँका विभिन्न राज्यका गभर्नरविरुद्ध प्रदर्शन नै गरेका थिए।अमेरिकाले डब्लूएचओ चीन केन्द्रित भएको बताउँदै आफू उक्त संस्थाको सदस्य नबन्ने बताएको थियो।