Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कतारको पछिल्लो २४ घण्टाको कोरोना अपडेट

कतारको पछिल्लो २४ घण्टाको कोरोना अपडेट

कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाईरसबाट थप ४ जना ६२, ७०, ८०, र ९० बर्षिय नागरीकको मृत्यु भएको छ । यो संगै कतारमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५२७६ जनामा गरिएको परीक्षणमा थप १७५४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। यो सँगै कतारमा भाइरस सङ्क्रमितको सङ्ख्या ६५४९५ पुगेको छ । १४६७ जना सहित हाल सम्म ४०९३५ जनाले स्वास्थ्य लाभ गरेका छन् भने २४५११ जनाको उपचार चलिरहेको छ ।

१७१७ जनालाई डाक्टरहरूको निगरानीमा क्वारिन्टेनमा राखिएको छ भने २३८ जनालाई अस्पताल भर्ना गरिएको छ। थप १८ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २३८ पुगेको छ।

कुल २ लाख ४६ हजार ३ सय ६२ जनामा कोरोना जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।