Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आइपुगे पहिलो चरणको २६ जना नेपाली म्यानमारबाट काठमाडौं

आइपुगे पहिलो चरणको २६ जना नेपाली म्यानमारबाट काठमाडौं

सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् ।कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ ।म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमास्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले बताए ।

विमानस्थलमा ओर्लिने वित्तिकै उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिनेछ । सीसीएमसी स्रोतका अनुसार म्यानमारबाट आउने २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ छ । त्यसैले उनीहरुलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लगेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउनेछ ।सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ ।

नेपाल टेलिकमले पनि उनीहरुलाई विमानस्थलमै निःशुल्क सीम कार्ड वितरण गर्नेछ । ती सीम कार्डको माध्यमबाट संक्रमितको गतिविधिबारे जानकारी लिन सहज हुने सीसीएमसीको विश्वास छ ।यसअघि सीसीएमसीले ६० हजार सीम कार्डको विश्लेषण गरेर विदेशबाट आएका नागरिकबारे जानकारी संकलन गरेको थियो ।

सरकारले शुक्रबार म्यानमारसँगै यूएईबाट पनि १६८ जनालाई ल्याउने तयारी गरेको थियो । तर, प्राविधिक समस्याका कारण यूएईबाट विमान समयमा उड्न सकेन ।नेपाली समय अनुसार यूएईबाट आउने विमान १२ बजे काठमाडौं अवतरण हुने भनिए पनि अब कम्तिमा तीन बजेसम्म विमान आउन नसक्ने भएको सीसीएमसीका एक अधिकारीले बताए । उनले भने, ‘अन्तिम समयमा हवाई भाडाबारे केही असमझदारी भएको थियो, त्यसैले ढिलाइ भयो ।’यूएईबाट आउने अधिकांशको कोरोना परीक्षण भइसकेको छैन । त्यसैले अवस्था अनुसार उनीहरुलाई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राख्ने तयारी छ । होटल क्वारेन्टाइनमा बस्न चाहेको खण्डमा त्यसका लागि पनि नेपाली सेनाले संयोजन गर्नेछ । क्वारेन्टाइन अवधि १४ दिनको हुनेछ ।

होल्डिङ सेन्टरमा बढीमा एक दिनसम्म राकेर उनीहरुलाई सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा पठाउने सरकारी तयारी छ ।