Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बुद्व, काना र शिक्षा ; शम्भु रसाली

बुद्व, काना र शिक्षा ; शम्भु रसाली

एक समयको कुरा हो । एउटा गाउँमा बाबु, आमा र छोरा बस्थे । छोरा कानाले पढाईमा त्यति ध्यान दिदैन थियो । बाबु कानालाई सधै पढ्न भन्थे तर छोराको पढाइमा बिल्कुलै ध्यान थिएन । बाबु छोराले पढेन भनेर चिन्तित थिए भने छोरा बाबुको किचकिच सुनेर चिन्तित थियो । छोरा बाउसङ्ग अनि बाउ छोरासङ्ग असतुस्टी थिए । एक दिन छोरा कानाले उसको बुवालाई भन्छ; बुवा मैले ठुलो भएपछी जागिर खाने होइन, म त ब्यबसायमा लाग्ने हो, सङ्गित सिक्ने हो, देशबिदेस घुम्ने हो त्यसकारण मलाई पढाईमा मन छैन । मेरो सपना पढाई होइन र मेरो कल्पना जागीर पनि होइन । मेरो इच्छा नबुझी किन हजुरले सधै पढ पढ भन्नु हुन्छ ? छोराको यस्तो कुरा सुनेर बुवा आजित हुन्छन र भन्छन । ल ठिक छ, मैले तेरो कुरा माने अब तैले पनि मैले भनेको मान्नु पर्छ । त्यस पछि बुबाले छोरालाई लिएर बुद्ध भएको ठाउँमा जान्छन । बुवाले सबै कुरा बुद्धलाई भन्छन । बुद्धले सबै कुरा बुझी हाल्नु हुन्छ । बुद्धले दुबै बाबुछोरालाई लिएर आफ्नो बिहार भन्दा अलि पर लगेर यौटा बस्तिलाई देखाउदै कानालाई भन्नु हुन्छ:

काना त्यहाँको बस्ती हेर, कोही अग्ला घर छन र कोहि साना । त्यहाँ कुनै नयाँ घरहरु छन त कुनै पुराना । अब तिमिले कल्पना गर, त्यहा तिम्रो सय तल्लाको घर छ । त्यो घरमा भएको प्रत्येक तल्लाहरु तिम्रो सपना र कल्पना हो । दुनियाँ घुम्नु र तिम्रो ध्यान त्यहीँ अग्ला अग्ला तल्लाहरूमा छन । अब मलाई भन, यति ठुलो भबन तिमि कहा बनाउछौ ? हावामा त पक्कै बनाउदैनौ । भबन बनाउने त जमीनमा नै हो । जमिनमा बनाउने हो भने सबैभन्दा पहिला जति अग्लो भबन बनाउने हो त्यही अनुसारको मजबुत जग तिमिले जमिन मुनि बनाउनु पर्ने हुन्छ । जति मजबुत जग तिमिले बनाउने छौ त्यती ठुलो भबन तिमिले बनाउन सक्ने छौ । त्यहीँ भबनमा तिम्रो सपनाको तल्लाहरू बन्ने छन । अब मलाई भन, तिमिलाई भबनसङ्ग मात्र मतलब छ कि जगसङ्ग पनि । यदि तिमिलाई जगसङ्ग मतलब छैन भने तिम्रो कल्पनाको भबन कसरी बन्छ ? तिम्रो सबै सपना र कल्पनाको जग भनेको अहिले पढाई यानी कि शिक्षा हो । यो तिम्रो समय भनेको धेरै भन्दा धेरै पढेर ग्यान आर्जन गर्ने समय हो जुन भबनको जग जस्तै हो । तिमिले अहिले जति आफ्नो पढाईरुपी जगलाई मजबुत बनाउने छौ त्यतिनै अनुपातमा तिम्रो सपना पुरा हुने छ । अब पढ्ने वा नपढ्ने तिम्रो कुरा ।

बुद्धको कुरा सुनिसके पछि कानाको आखाबाट आसु झर्छ । उसको बाबुले पढ पढ भनेको कुरा बल्ल बुझ्छ । उसले बाबुसङ्ग माफी माग्छ र बुद्धलाई प्रणाम गर्दै धन्यवाद दिन्छ । आफ्नो कल्पना र सपना पुरा गर्न मिहिनेतका साथ पढ्ने सङ्कल्प सहित बाबुछोरा घर फर्किन्छन । उसले आफ्नो पढाईरुपी जगलाई यति मजबुत बनाउछ, यति मजबुत बनाउछ कि पछि उसले देखेको सपना होइन त्यो भन्दा धेरै गुणा सफल्ता हासिल गर्छ । कथा सकिन्छ ।

माथिको कथालाई म बुदागतरुमा पढाईको महत्त्वसङ्ग जोड्न प्रयास गरिरहेको छु जुन यसप्रकार रहेका छन:-

१. माथिको कथालाई म ब्राह्मणबादसङ्ग जोड्न चाहे, उनिहरुले पढ्ने कामलाई आफ्नो पेशा र धर्म बनाए । पढाईमार्फत आफ्नो जगलाई यति बलियो बनाए कि जसको आडमा हाजारौ बर्षदेखि ब्राह्मण बाद टिकाउन सफल भएका देखिन्छ । हिरालाई हिराले नै काट्छ भने जस्तै ब्राह्मण बाद अन्त्यको लागि अन्य सबै जातिले पढ्न जरुरी छ । पढाईकै माध्यमबाट हामिले हाम्रो जग बलियो बनाउनु पर्ने देखिन्छ । कुराले होइन पढाईले मात्र उनिहरुको एक छत्र राजको अन्त्य गर्न सकिने छ । यो कुरा सबैले बुझ्नु जरुरी छ ।

२.जनजाति र दलितका केहि नगन्य ब्यक्तिहरुले पढेका होलान तर तिनिहरुको पढाई समाज परिवर्तनको लागी नभएर सुगाको बोलि जस्तै हुन पुगेको छ । सुगा के बोल्छ आफैलाई थाहा हुदैन त्यसरी नै उनिहरुको पढाई समाज परिवर्तनको लागि काममा आएको देखिदैन । जसरी सुगाले मान्छे जस्तै बोलेर मानिसहरूलाई खुसी बनाएका हुन्छ त्यसरी नै हाम्रा मान्छेहरुको पढाई ब्राह्मण बादलाई खुसी पार्नको लागि प्रयोग भएको भेटिन्छ ।

३.हिन्दु धर्मको सहारा लिएर हामिलाई पढाईबाट बन्चित गरियो । शिक्षा बिनाको मान्छे पशुसरह नै हुन्छ भन्ने भनाई छ । जुन धर्मले, जुन बादले हामिलाई पशु सरह बाच्न बाध्य बनायो । अब भन्नुस त्यो धर्म र ब्राह्मण वादको बिरोध गर्नेकी प्रशम्सा ? तपाई प्रसम्सा गर्नु हुन्छ भने गर्नुस मलाई भन्नु केहि छैन तर मैले बिरोध गर्दा तपाईहरुको मन नकामोस भन्ने मेरो बुझाई हो ।

४.पढाई आफ्नो लागि हुनुपर्छ, परिवारको लागि हुनु पर्छ, समुदायको लागि हुनुपर्छ, समाज हुदै रास्ट्र र बिश्वको लागि हुनु पर्छ । तर हाम्रो पढाई ब्राह्मण बादको जग बलियो बनाउने काममा राम्रोसङ्ग प्रयोग भएको देखिन्छ । उदाहरणको लागी राजनीतिमा लागेका दुइचार जना नेतालाई हेर्न सकिन्छ । पढेका छन र त ब्रह्माणबादको राम्रैसङ्ग सेवा गरेका छन जसरी हिजो हाम्रा पुर्खाले गरेका थिए । फरक यति छ कि हिजो हाम्रा पुर्खा धोती लाएर सेवा गर्थे भने अहिले कोट पाइन्ट लाएर सेवा गरेका छन । पहिला हाम्रा पुर्खाहरुले घन र हलो लिएर सेवा गर्थे भने अहिले हातमा पेन र कापी लिएर सेवा गरिरहेका छन । यस्तो पढाइले, यस्तो ग्यानले हाम्रो मुक्ती अबश्य गर्ने छैन र उनिहरुको पढाइबाट समाज रुपान्तरण हुने कुनै सम्भाबना देखिदैन ।

५. पढ्नु भनेको आफुमात्र खुसी हुनको लागि होइन । परिवार, समाज र देशलाई योग्य र दक्ष बनाई बिकासको दिशा तिर लम्कनु पनि हो । नेपालको परिवेशमा ब्राह्मणबादले पढाईलाई आफ्नो पेवा बनाएर अरु समुदायलाई यसबाट बन्चित गरे देखिन्छ । यिनै कारण नेपाल बिश्वसामु अल्प बिकसित र गरिब देशको सुचिमा पर्न बाध्य छ । यहाका एक तिहाई युबा बेदेशिको गुलाम बन्न बाध्य छन । यसको जिम्मा लिने कसले ? अब उत्तर माग्ने दिन आएको छ ।

माथिका तितो सत्यलाई मनन गर्दै अब के गर्ने त भन्ने कुरा महत्त्वपूर्ण हो, शिक्षालाई