Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतीय सेनाप्रमुख: ''नेपाली राजदूतले काली पूर्वी हाम्रै हो भनेका छन्, फेरी किन आन्दोलन ?''

भारतीय सेनाप्रमुख: ''नेपाली राजदूतले काली पूर्वी हाम्रै हो भनेका छन्, फेरी किन आन्दोलन ?''

एजेन्सी – भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले कैलाश–मानसरोवर जाने भारतीय यात्रीहरूको यात्रा छोटो हुने दाबी गरेका छन् । उनले मानसरोवर जाने वास्तविक नियन्त्रण रेखा (एलएसी) लाई लिपुलेख हुँदै गएको नयाँ सडकमा कुनै विरोधाभास नभएको बताएका छन् । उनले शुक्रबार कुनै देशको नाम नलिइ यस्तो दाबी गरेका हुन् ।

नेपालले नयाँ सडकको कडा विरोध गर्दै भारतलाई नेपालको भू–भाग भित्र कुनै गतिविधि नगर्न आग्रह गरेको छ ।‘वास्तवमा नेपाली राजदूतले काली नदीको पूर्वी क्षेत्र नेपालकै (हाम्रै) हो भनेर उल्लेख गरेका छन् । त्यसमा कुनै विवाद छैन । हामीले बनाएको सडक नदीको पश्चिम तर्फ हो । त्यसोभए उनीहरू किन आन्दोलन गरिरहेका छन् मलाई थाहा छैन,’ उनले भने ।विगतमा यसमा कुनै समस्या नभएको बताउँदै उनले भने, ‘उनीहरूले यो कुरा कसैको इशारामा उठाएको हुन सक्छ भन्ने विश्वास गर्ने कारण छ र यो धेरै नै सम्भावना हो ।’

उत्तराखण्डको गातियाबगढबाट लिपुलेकसम्मको ८० किलोमिटर लामो सडक अघिल्लो साता भारतका रक्षामन्त्री राजनाथ सिंहले औपचारिक रूपमा उद्घाटन गरेका थिए ।यसले यात्राको समय घटाएको छ र कैलाश जाने भारतीय यात्रीहरूको लागि यात्रा सजिलो भएको छ । उक्त सडक चाइना स्टडी ग्रूपको निर्देशनमा बनाइएको हो र इन्डो–चाइना बोर्डर रोड्सले सडक निर्माणमा लगानी गरेको हो ।