Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

टिकटकमा भाईरल भयो ,खुमन अधिकारी र प्रिती आलेले गाएको लकडाउनको गित

टिकटकमा भाईरल भयो ,खुमन अधिकारी र प्रिती आलेले गाएको लकडाउनको गित

काठमाडौं । सरकारले गरेको लकडाउनमा केही भने बिभिन्न माध्यमबाट दर्शक तथा श्रोताको मनोरन्जन गराइरहेका छन् ।

यस्तैमा गायक खुमन अधिकारी र प्रीति आलेले दर्शक तथा श्रोताका लागि भन्दै लोक दोहोरी गीत ‘लकडाउनको दोहोरी’ सार्वजनिक गरेका छन् ।

माधव न्यौपानेको शब्द तथा खुमनकै संगीत रहेको गीतको भिडियो समेत निर्माण गरिएको छ । भिडियोमा राजेश हमाल, कोमल वली, शंकर विसी, श्रृष्टि खड्का, खुमन अधिकारी, अन्जली अधिकारी, रीना थापा लगायत दजर्न बढी कलाकारको अभिनय समेटिएको छ ।

वित्रलम चौहानको निर्देशन रहेको भिडियोमा माधव न्यौपानेको कोरियोग्राफी, तथा राजेश कुमारको सम्पादन छ ।

https://youtu.be/wAfHtAUFYhk