Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विराटनगरबाट काठमाडौं आएकाहरुलाई नागढुंगाबाट फिर्ता पठाइने सरकारको निर्णय

विराटनगरबाट काठमाडौं आएकाहरुलाई नागढुंगाबाट फिर्ता पठाइने सरकारको निर्णय

काठमाडौं । विराटनगरबाट काठमाडौं आएका ६० जनाभन्दा बढीलाई आएकै गन्तव्यतर्फ फर्काउने तयारी भएको छ । आज बिहान विराटनगरबाट आएका उनीहरुलाई फिर्ता पठाउने तयारी भएको हो ।

महनगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले उपत्यकाबाट भित्रिन र बाहिरिन पूर्णरुपमा रोक लगाइएको बताए ।

उनले बसमा आएका उनीहरुलाई सम्बन्धित क्षेत्रमै फिर्ता पठाउने गरी छलफल भइरहेको बताए । डीआईजी पोखरेलले भने,“धादिङतीर बसबाट झरेर हिँडेर आएका रहेछन् । सबैलाई नागढुंगा नाकामा होल्ड गरेका छौं ।”