Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पोखरा महानगरपालिकामा 'होलबडी' स्यानिटाइजर टनेल !

पोखरा महानगरपालिकामा 'होलबडी' स्यानिटाइजर टनेल !

पोखरा महानगरपालिका र नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्वचालित स्यानिटाइजर टनेल महानगरको कार्यालय परिसरमा संचालन भएको छ।

कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई स्यानिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित स्यानिटाइजर टनेलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गरे।

सर्वसाधरणको भीडभाड हुने स्थान अस्पताल, सरकारी कार्यालयहरु, डिपार्टमेन्टल स्टोर्स लगायतमा यस्तो स्वचालित स्यानिटाइजर टनेल राख्नुपर्ने बताए।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले टनेलले कोरोना संक्रमणलाई रोकथाम गर्न सहयोग पु¥याउने बताए।

करिब ५ सेकेन्डमा यो स्वचालित स्यानिटाइजर टनेलले होलबडीलाई स्यानिटाइज गरिसक्ने नेपाल इन्जिनिरिङ एसोसिएसन गण्डकीका अध्यक्ष आर्किटेक इन्जिनियर बाबुराम भण्डारीले जानकारी दिए।

उनका अनुसार यो टनेल बनाउँदा १ लाख ५० हजार खर्च भएको छ।

नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकीका उपाध्यक्ष ध्रुव भट्टराईले टनेलको माग आएको खण्डमा प्राविधिक सहयोग निशुल्क गर्न एनइए तयार रहेको बताए।

प्रगतिशील इन्जिनियरिङ एसोसिएसन नेपालले समेत एक थान स्यानिटाइजर टनेल निर्माण गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई उपलब्ध गराउने तयारी गरेको भट्टराईले जानकारी दिए। उनका अनुसार एक लिटर स्यानिटाइजरले १७ जनाको शरीरलाई स्यानिटाइज गर्नेछ।