Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सहयोग रोक्ने अमेरिकाको निर्णय दु:खद : डब्लुएचओ

सहयोग रोक्ने अमेरिकाको निर्णय दु:खद : डब्लुएचओ

एजेन्सी विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले आफूलाई दिइदैं आएको आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति निर्णय दुखद भएको प्रतिक्रिया दिएको छ।डब्लुएचओले यो समय विश्व नै एक भएर नयाँ कोरोना भाइरसविरुद्ध लड्ने समय भएको जनाएको छ।आर्थिक सहायता बन्द गर्ने ट्रम्पको निर्णयको विश्व नेताहरूले आलोचना गरेका छन्।

विश्वमा हाल कोरोना भाइरस संक्रमित २० लाख नाघिसकेको छ भने अमेरिका विश्वको सबैभन्दा बढी संक्रमण प्रभावित मुलुक हो।मंगलबार ट्रम्पले डब्लुएचओले महामारीका समयमा गर्नुपर्ने आधारभूत काम तथा व्यवस्थापन नगरेको र चीनको पक्ष लिएको आरोप लगाउँदै सहयोग बन्द गर्ने घोषणा गरेका थिए।

डब्लुएचओका प्रमुख डा. ट्रेडोस अडामोन गेब्रेससले आफ्नो सबैभन्दा ठूलो आर्थिक दाता अमेरिकाले उठाएको कदममाथि प्रतिक्रिया दिदैं 'अमेरिका डब्लुएचओको लामो समयदेखिको उदार मित्र हो र उसले त्यसलाई निरन्तरता दिइराख्ने आशा राखेको' बताएका छन्।

उनले अमेरिकी सहयोग बन्द भएपछि त्यसले डब्लुएचओको कामलाई पार्ने प्रभावको बारेमा समीक्षा भइरहेको र सोले ल्याएको रिक्ततालाई सहयोगीहरूसँग मिलेरआफ्नाकामकोसुनिश्चितता गर्ने जनाए।डब्लुएचओको कुल बजेटमा अमेरिकाले १५ प्रतिशत योगदान दिदैं आएको छ।गत वर्ष अमेरिकाले उसलाई ४ सय मिलियन अमेरिकी डलर सहायता दिएको थियो।