अरुको बारेमा कलम चलाउनेले आफ्नो बारेमा बोल्ने समय पाउदैन न आफ्नो पिडानै व्यक्त गर्न पाएको हुन्छ त्यहि भित्रको एक व्यक्ति हुन् कमल सरगम।१३ बर्षको उमेर देखिनै पत्रकारिता पेसामा लाग्दै आज सम्म निरन्तरता दिदै आएका सरगम अहिले युटुब मिडियाको पपुलर संचारकर्मी हुन् भने उनि रेडियोमा पनि निकै चर्चित रेडियोकर्मी हुन्।
उनि आफ्नो बिगतलाई सम्झेर भाबुक बन्छन।आज उनको जन्म दिन सोहि दिन उनले बिगतको कहानी बाहिर ल्याएका छन।जागिर नपाएर भौतारिएका सरगम राजधानीको एउटा सानो पसलमा भारि बोक्ने गर्दथे र आएको पैसालाई बचाएर आफु रेडियोमा काम गर्ने गर्दथे यति सम्मकी पैसा तिरेरै रेडियोमा कार्यक्रम चलाउदा थे आज उनको जीवन स्तर केहि हत सम्म परिवर्तन भएको छ तर त्यो पल सम्झेर भाबुक बन्छन सरगम।उनि बिशेष गरि दोहोरी कलाकार संग निकै नजिक छन भने दुख पिडामा रहेका नागरिक संग पनि उनि नजिक छन।हेरौ बिशेष भिडियो :