Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

तीजलाई होइन आयातित विदेशी संस्कृति प्रति कडाई गर्नुपर्छ : महरा

तीजलाई होइन आयातित विदेशी संस्कृति प्रति कडाई गर्नुपर्छ : महरा

काठमाडौं, २९ श्रावण - महिला उद्यमी तथा वरिष्ठ व्यूटिसियन सुस्मा महराले नेपाली नारीहरुको महान चाड तीजलाई भन्दा पनि आयातित विदेशी संस्कृति प्रति कडाई गर्नुपर्ने माग राखेकी छन । नेपाल कायाकल्प उद्योगद्वारा आज राजधानीमा आयोजित तिज दर कार्यक्रम तथा सेमिनार कार्यक्रम माझ उनले सो धारणा राखेकी हुन । कार्यक्रममा बोल्दै महराले सरकारले तिज कार्यक्रम रमझम र तडकभडक गरेमा कारबाही गर्ने भन्ने कुरा आइरहँदा त्यस कुरालाई मध्यनजर गर्दै सरकार प्रति आक्रोश व्यक्त गर्दै उनले भनिन ‘हाम्रो देशमा चल्दै आएको चाडबाड चलन चल्तीमा यसरी नै रोक लगाउने हो भने भोलि आउने दिनमा हाम्रा सन्स्क्रिती लोप हुन सक्छ, यसलाई पनि ख्याल राक्नुपर्छ ।' सरकारले सक्छ भने विदेशी संस्कृति भ्यालेनटाइन डे जस्ता विकृति फैलाउन भित्रिएका चार्डलाई रोक्न उनले आग्रह गरिन् ।

उद्योगद्धारा आयोजित एक दिने कार्यक्रममा उद्यमी महिला तथा वरिष्ठ व्यूटिसियनहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

सेमिनारमा सुर्यविनायक नगरपालिकाका मेयर जुना बस्नेतले महिला उद्यमी तथा वरिष्ठ व्यूटिसियन सुस्मा महरालाई महिला उद्यमी अवार्ड प्रदान गरिन् । यसका साथै व्यूटिसियन जुना चक्रधर र आइटिसी स्कुलकी शोभा आचार्यलाई पनि व्यूटिसियन सम्मानबाट विभुसित गरिएको थियो ।

सेमिनारमा फेसियल हाउसको तर्फबाट हेयर मास्टर असिम मगरले हेयर कटिङको डेमो देखाए भने लोक दोहोरी गायक हरि डिसी तथा गायिका हरिमाया रायमाझिले तिज गित प्रस्तुत गरे ।