Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

खल्ती वालेटबाट हुनेभयो अब सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी

खल्ती वालेटबाट हुनेभयो अब सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी

काठमाण्डौ,

अब डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी सेवा विस्तार गरेको छ। खल्तीले यो हप्तामै २६ जिल्लाका ८३ वटा खानेपानी वितरण समिति तथा उपभोक्ता समूहमाझ सेवा विस्तार गरी खानेपानी बिल भुक्तानी सेवा सातै वटा प्रदेशमा पुर्याएको हो। अब पूर्वमा झापाको बुधबारेदेखि पश्चिममा कञ्चनपुरको बेलौरीसम्मका ३८ जिल्लाका ११३ खानेपानी वितरण संस्था तथा उपभोक्ता समितिको बिल खल्तीबाटै तिर्न सकिने कम्पनीले बताएको छ।

अब ती ठाउँका बासिन्दाहरुले काउन्टरसम्म पुगी लाईन बसेर बिल तिर्ने झन्झट गर्नुपर्ने छैन।

उनीहरुले खल्ती एप तथा वेबसाईटमा रहेको खानेपानीको आईकनमा क्लिक गरी आफ्नो काउन्टर छानेर ग्राहक कोड दाखिला गरी १ मिनेटमै खानेपानीको महशुल भुक्तानी गर्न सक्नेछन्। साथै, डिजिटल प्रविधिसँग अभ्यस्त भैनसकेका र स्मार्टफोन नचलाउने उपभोक्ताले आफ्नो नजिकैको खल्ती पसलमा गई सजिलै बिल तिर्न सक्नेछन्।

सन् २०१७ को जनावरी २६ बाट नेपाली बजारमा सुरु भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त एक पेमेन्ट गेटवे हो।