Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गुगल क्रोम असुरक्षित, आफ्नो डाटा यसरी सुरक्षित राख्नुहोस्

गुगल क्रोम असुरक्षित, आफ्नो डाटा यसरी सुरक्षित राख्नुहोस्

काठमाडौं : अहिले जमाना नेट ,इन्टरनेटको छ । हामीले धेरै कुरा नेट को साहायताले गर्ने गर्छौ । बेशेषगरि बिद्यालय,क्याम्पस पढ्ने बिद्यार्थीहरुले प्रयोग गरेको पाइन्छ । यस्तै एउटा तथ्यांक गुगल क्रोम वेब ब्राउजरमा डाटा असुरक्षित रहेको तथ्य फेला परेको छ । हालसालै गुगलले आफ्नो वेब स्टोरबाट ५ सय खतरनाक एक्सटेन्शनलाई हटाएको छ । यी क्रोम एक्सटेन्शनहरुले अट्याकरहरुका लागि ब्राउजर डाटा चोरी गर्ने टूलको रुपमा काम गर्दै आएका थिए । यी एक्सटेन्शन्स माल्भटाइजिग र एड फ्रड कम्पनीको हिस्सा थिए ।

गुगल क्रोमको वेब स्टोरमा जनवरी २०१९ देखि रहेका ती एक्सटेन्शनहरु सन् २०१७ देखि नै सक्रिय हुँदै आएका थिए । सिस्कोको डुओ सेक्योरिटी र सेक्योरिटी रिसर्चर जमीला कायाले गरेको संयुक्त अनुसन्धानमा यी एक्सटेन्शनहरुमध्ये ७० क्रोम एक्सटेन्सनहरु १७ लाख प्रयोगकर्ताले इन्सटल गरेको पाइएको छ ।

लगत्तै सिस्कोले यसको जानकारी गुगललाई दिएको थियो । यससँगै पछि ४३० अरु खतरनाक एक्सटेन्सनहरु पनि पाएको थियो । हाल यी सबैलाई डिएक्टिभेट गरिदिएको छ । यस प्रकारका एक्सटेन्सनहरुले प्रयोगकर्ताको बानि व्यबहारको पनि निगरानी गरेर अट्याकरहरुलाई सूचना पठाउँने गरेको थियो । यसैकारण ह्याकरहरुले प्रयोगकर्ताको जानकारीलाई संकलन गरेर यसैको माध्यमबाट उनिहरुको प्राइभेट डाटा समेत चोरी गर्नसक्ने खतरा बढेपछि गुगलले खतरनाक भनिएका सबै एक्टेन्सन हटाएको हो ।