Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा

गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा

नेपाली सगम गीत संगीतको क्षेत्रमा राम्रो सम्भावना भएका गायक संजय थापा संगीतिक क्षेत्रका एक उदाउदो ताराको रुपमा रहेका छन । सानै उमेर देखि को सोख र रुची उनमा रहेको थियो ।आफनो सिर्जनामा रमाउनु र संगितिक क्षेत्रमा नै आफुलाई ल्याउनको लगी प्रयास गर्नु उनको चाहना थियो । उनी एक्लै होस वा समुहमा सानै देखि नै गीत गुनगुनाएर बस्थे । स्कुल देखि कलेज हुंदै अन्तत उनी गायन क्षेत्रमा हाम फालेरै छाडे ।

उनले आफ्ना हरेक गीतमा मध्यमार्गी धार अपनाउने गर्दछन् । उनका गीत र उनले बनाएको म्यूजिक टिपिकल नै हुन्छन् । उनले गाउने गीत प्राय सेन्टिमेन्टल नै हुन्छन् । उनका प्राय गीतले समाजको सेरोफेरोमै घुमेर केही न केही सन्देश दिएर आफनो कला प्रष्फुटन गर्ने उनको वानी रहेको छ । संगीतिक जिवनमा आइपरेका चुनौतीहरु र संघर्षहरुबाट आफुले केही सकारात्मक बाटो तर्फ अग्रसर बनाउने तर्फ मद्धत पुगेको उनले बताए ।संजय थापा सगँ सहकर्मी साथी रविन श्री ले गर्नुभएको कुराकानीको संक्षिप्त कुराकानी ।