अर्जेन्टिनी लिओनेल मेस्सी जस्तै चिलीका ग्यारी मेडेलले समेत रेड कार्ड पाइन्छ भन्ने नसोचेको बताएका छन् ।
तेश्रो स्थानका निम्ति भएको चिली विरुद्ध अर्जेन्टिनाको खेलमा मेस्सी सहित मेडेलले रेड कार्ड पाएका थिए । मेस्सीले फुटबल विपरित रहेको भन्दै पदक समेत लिन मानेनन्, ३७ औ मिनेटमा नै मेस्सी र मेडेलले रेड कार्ड पाएका थिए जुन कारण खेल निकै सनसनीपूर्ण बन्न पुगेको थियो ।
मेस्सीले चिन्ताबोध ब्यक्त गर्दै पूर्ण रुपमा नै आफुलाई रेड कार्ड दिइएको बारे बताएका थिए ।
मेडेलले उक्त कार्डका बारे बताएका थिए, हामीलाई कार्डका बारेमा चेतावनी समेत दिइएन जुन भने लज्जास्पद हो । मेस्सिले सायद पहेलो कार्ड सम्म पाइने सोचेका थिए र मेरो समेत सोचमा पहेलो कार्ड नै थियो तर आश्चर्य भयो विना चेतावनी रेड पाइयो ।
उक्त मुठभेड रेफ्रीले अझै विकल्पले समाल्न सक्ने मेडेलको दावी रहेको छ ।
अमेरिका फुटबल संघले मेस्सीले लगाएको आरोप मान्य नरहेको र कुनै संघको गल्ति नरहेको बताएको छ ।