किन ? पत्याउदैनन तत्कालिन सरकारलाई ! ओली सरकारले ल्याएका विधेयक विवादै विवादमा

  • -लालिगुराश सम्बाद दाता
  • बुध, जेष्ठ २९, २०७६

    जेठ २९, काठमाण्डौ । नीतिगत सुधारका लागि सरकारले ल्याएका धेरैजसो विधेयकहरु विवादमा परेका छन् । अधिकांश विधेयकका कारण संसददेखि सडकसम्म विरोध भएको छ । विवादको श्रृखला अझै जारी छ । यसले सरकारलाई नै कमजोर बनाउँदै लगेको विश्लेषण हुन थालेको छ ।

    यतिबेला गुठी विधेयकले संसद र सडक तातेको छ । गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक सरोकारवाला गुठियारसँग छलफल नगरी ल्याइएपछि विवादित बनेको हो । सरकारले सरकारी तथा सार्वजनिक गुठी जग्गा जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन नकुरी विधेयक ल्याइएको थियो । अहिले विवादमै रहेको अर्को विधेयक हो मिडिया काउन्सिल विधेयक ।
    पदाधिकारी नियुक्ति तथा पदच्यूत, जरिवाना व्यवस्था तथा सरकारले निर्देशन दिन सक्नेलगायत व्यवस्था प्रस्ताव गरिएको र यस्तो व्यवस्था भए काउन्सिल स्वायत्त नभई सरकारको नियन्त्रणमा हुने भन्दै सञ्चारसम्बद्ध संघसंस्था आन्दोलनमा छन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सबैभन्दा बढि विवादमा परेको थियो । प्राध्यापक डाक्टर गोविन्द केसी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकबीच यो विधेयक पारित भयो । राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक पनि विवादरहित हुन सकेन ।

    संविधानको प्रतिकूल हुने गरी राष्ट्रिय सुरक्षा परिषद र नेपाली सेनालाई पन्छाएर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्ने सोचले विधेयक ल्याइएको भन्दै विरोध भएको थियो । मदिरासम्बन्धी विधेयकमा मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको विधेयकमा मदिरासम्बन्धी नयाँ उद्योग दर्तामा रोक लगाउन प्रस्ताव गरिएको छ । गृह मन्त्रालयले तयार पारेको यो यो विधेयक विवादमा आएपछि मन्त्रिपरिषद्मा पुग्न पाएको छैन ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था दर्तामा सरकारी नीति खुकुलो बनाउन लागिएको भन्दै सामाजिक संस्था विधेयक पनि विवादमै छ । नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयक मस्यौदा तयार भएको छ । मस्यौदामा ३० वर्षपछि ३० वर्षे सेवा अवधि हटाउने प्रावधान राख्न गएिको प्रस्तावलाई लिएर विवाद भएको हो ।

    गृह मन्त्रालयले तयार पारेको मस्यौदा विधेयकलाई लिएर विवाद आएकाले यो मन्त्रालयमै थन्किएको छ । मानवअधिकार आयोगसम्बन्धी विधेयक पनि विवादमुक्त छैन । राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकमा मानवअधिकार हननका मुद्दा चलाउन महान्याधिवक्ता कार्यालयको परामर्श लिनुपर्ने र आयोगका क्षेत्रीय कार्यालय बन्द गर्नुपर्ने प्रावधान राखेपछि यसको चौतर्फी विरोध भएको हो ।

    नागरिकता ऐन संशोधन गर्न प्रस्तावित विधेयकमा महिला र पुरुषबीच विभेदकारी प्रावधान राखिएको भन्दै सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन् । उक्त विधेयकमाथि मङ्गलवारदेखि संसद्मा सुरु भएको सैद्धान्तिक छलफलमा बोल्दै उनीहरूले प्रस्तावित विधेयकमा राखिएका त्यस्ता प्रावधान सच्याउन माग गरेका छन् ।

    प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विषगत संसदीय समितिमा छलफल हुन पाउँदै विवादित भयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको लोकसेवा विधेयकले समावेशी तथा समानुपातिकको सिद्धान्त समावेश नभएपछि विवादित भएको हो । कमल मणि पोखरेलले रिपोटर नेपालमा लेख्नु भएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    समाचार बाट अन्य

    आज माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक हुँदै, कसरी हेर्न सकिन्छ त नतिजा ?

    काठमाडाैं। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ। विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम...

    एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बोलाइयो ! पुग्यो अन्तिम चरणमा

    १२ असार, काठमाडौं । एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय...

    ओली प्रचण्डबिच भेटवार्ता – ओलीले बहुदलीय जनवाद भन्ने आफ्नो प्रस्ताव फिर्ता लिएपछि विवाद मिल्यो..

    काठमाडौँ – पार्टीभित्र जारी विवाद समाधानको प्रयासमा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्रीसमेत रहेका ओलीको सचिवालयले जनाएको छ ।...

    मलेशियाको जोहोर बारुमा साधारण विवाद मा नेपाली नेपाली बीच चक्कु प्रहार हुदा एक नेपाली गम्भीर घाइते

    मलेशियाको जोहोर बारुमा साधारण विवाद मा नेपाली नेपाली बीच चक्कु प्रहार हुदा एक नेपाली गम्भीर घाइते भिम लुहार मलेशिया मलाका बिदेशमा धेरै नेपाली बाट पछिल्लो समय सहयोग एकले अर्कालाई गर्ने धेरै देखिन्छन् तर कतिपय बिदेशमा...

    गलबन्दी’ विवादको चर्चा संसदसम्म ; सफल गीत गाउने कलाकारलाई अछूत र कुजात भन्न मिल्छ ? – सांसद विश्वकर्मा

    गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ को विवादले आज पनि संसदमा प्रवेश पाएको छ।सत्तारुढ नेकपाकी सांसद विमला विश्वकर्माले ‘गलबन्दी’ गीतका गायकद्वयलाई कुजात भनेर अपमान गरिएको बताएकी हुन्। मंगलबार प्रतिनिधिसभा बैठकको...

    अशोक सहित २ जना प्रहरी फन्दामा

    ९ असार – प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै गर्दा सुन्दरहरैचा नगरपालिका–१२ का ४३ वर्षीय...

    लाज र डरले हायलकायल दम्पती प्रहरीको शरणमा-बाहिरियो गोप्य खिचिएको भिडियो

    काठमाडौं, असार ९ । दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो। ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो। लाज र डरले हायलकायल दम्पती अन्त्यमा प्रहरीको शरणमा पुगे। कुनै...

    जेल जीवन काटीरहेका आफ्नै प्रेमीको मायाले यतिसम्म गरिन प्रेमिकाले ! अन्तिममा आफै जेल

    काठमाडौं, असार ९ । आफ्ना प्रेमिलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउने प्रयास गरेकी एक युवती पनि जेलको हावा खान पुगेकी छन । कार चोरीको आरोपमा पक्राउ परि ९ वर्षको जेल भोगिरहेका इब्राहिम जोसे भार्गस गार्सियालाई...

    प्रचण्डले खुलेर भने एकताबाट पछि हट्नु नै दुर्भाग्य हो

    चितवन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बतापका छन्। सोमबार नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

    लमजुङ-मनाङ जोडने म्यार्दी खोलाको पुल बगायो बाढीले ! अलपत्र सर्वसाधारण

    बेसीसहर : हिमाली जिल्ला मनाङ जोड्ने म्यार्दी खोलाको बेलिब्रिज बाढीले बगाउँदा लमजुङ-मनाङ सम्पर्क विच्छेद भएको छ। गत वर्षमात्र निर्माण सम्पन्न भएको पुल आइतबार दिउसो आएको बाढीले बगाएको हो। अन्नपूर्ण पोस्टमा लेखिएको छ । लमजुङ र...