भीरबाट खसेर अछाममा गयो १६ वर्षे बालिकाको ज्यान

  • -लालिगुराश सम्बाद दाता
  • शनि, कार्तिक २४, २०७५

    अछाम । अछाममा भिरबाट लडेर एक बालीकाको मृत्यु भएको छ । जिल्लाकाे पन्चदेवल बिनायक नगरपालीका – ४ कालीकास्थानका मिनबहादुर चलाउनेकी १६ वर्षीय छाेरी रन्जना चलाउने मृत्यु भएको हो । घरबाट खर काट्न गएकी रन्जना शनिबार दिउंसो १ बजे वडाको भन्डाराखोला माझबाटे भिरबाट खसेर ज्यान गएका परिवारले जनाएको छ । भिरबाट करिब २० मिटर तल खसेकि चलाउनेको टाउकोमा गम्भीर चोट लागेका कारण घटना स्थलमै ज्यान गएको हो । मृतक चलाउनेकी आमा र भाउजु संगै भिरमा घांस काटन गएकि थिइन् । मृतक चलाउने ऋषीकुल माबीमा कक्षा ९ मा अध्यायनरत थिइन । यो खबर लालिगुरास अनलाइनका लागि दिनेश के.शीले जानकारी दिनुभएको हो ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य