यसरी टुंगियो झापा र मोरङमा नेकपा एकता प्रक्रिया , पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • आइत, चैत्र ३, २०७५

    काठमाडौं । झापा र मोरङमा नेकपा एकता प्रक्रिया टुंगिएको छ । दुवै जिल्लामा तत्कालीन एमालेले ६० र तत्कालीन माओवादीले ४० प्रतिशत नेतृत्व बाँडफाँट गरेका छन्।

    नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदल बैठकले झापाका १५ स्थानीय तहमध्ये ९ मा तत्कालीन एमाले र ६ तहमा तत्कालिल माओवादी केन्द्रले नेतृत्व गर्ने निर्णय गरेको छ। ३ नगरपालिका र ३ गाउँपालिकाको नेतृत्व तत्कालीन माओवादीले पाएको छ भने ५ नगरपालिका, ४ गाउँपालिकाको नेतृत्व तत्कालीन एमालेले पाएको नेकपा नेता मणिकुमार साम्पाङले जानकारी दिए ।

    तत्कालीन माओवादी केन्द्रले मेचीनगर, भद्रपुर, शिवसताक्षी नगरपालिकामा नेतृत्व पाएको छ । त्यस्तै हल्दिबारी, झापा र गौरीगन्ज गाउँपालिकामा तत्कालीन माओवादी केन्द्रले नेतृत्व पाएको छ।

    प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकसहित गौरादह, कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाको नेतृत्व तत्कालीन एमालेले पाएको छ। उसले नेतृत्व पाएका गाउँपालिकामा कमल, बाह्रदशी, केचनवल र बुद्धशान्ति छन्।

    झापाका एक सय ३१ वटा वडामध्ये ५३ वटा वडामा तत्कालीन माओवादीले र ७८ वटा वडामा तत्कालीन एमालेले नेतृत्व गर्ने भएको छ । अब बन्ने नेकपा झापाको एक सय ७५ सदस्यीय जिल्ला कमिटीमा तत्कालीन माओवादीको भागमा ७० र तत्कालीन एमालेको भागमा एक सय पाँच सदस्य रहनेछन्।

    मोरङका १७ मध्ये विराटनगर महानगरपालिकाबाहेक १६ स्थानीय तहको एकता प्रक्रिया टुंगिएको छ। १६ तहमध्ये तत्कालीन एमालेले ९ तहको नेतृत्व लिने र तत्कालीन माओवादीले सात तहको नेतृत्व लिने सहमति भएको हो। शनिबार बसेको जिल्ला कार्यदल बैठकले विराटनगर महानगरपालिकाका विषयमा टुंगो लगाउन नसकेपछि केन्द्र र प्रदेशसँग समन्वय गरिने सहमति भएको छ।

    तत्कालीन एमालेले सुन्दरहरैंचा, पथरी, उर्लाबारी, रतुवामाई र सुनवर्सी नगरपालिका र कटहरी, ग्रामथान, मिक्लाजुङ र कानेपोखरी गाउँपालिकाको नेतृत्व पाएको छ। त्यसैगरी तत्कालीन माओवादी केन्द्रले बेलबारी, लेटाङ र रंगेली नगरपालिकासँगै केराबारी, बूढीगंगा, जहदा र धनपालथान गाउँपालिकाको नेतृत्व पाएको छ।

    उत्तरी मोरङ र राजमार्गमा आधारित ८ स्थानीय तहमध्येबाट तत्कालीन एमालेले पाँच र तत्कालीन माओवादी केन्द्रले तीन तहको नेतृत्व गर्ने सहमति भएको छ । मध्यभागमा रहेका दुई तहमध्ये एकएक तह र दक्षिण क्षेत्रका ६ तहमध्ये तीनतीन तहको नेतृत्व लिने सहमति भएको नेकपा मोरङका नेता ऋषिकेश पोखरेलले जानकारी दिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    देश बाट अन्य

    जङ्गलकोको एकान्ता होटलमा भेटिएकी एक महिलाको शरीरभरि चोट,श्रीमानको विदेशमै ज्यान गएपछि सासुले घरबाट निकालिन,परिवारको बिल्लीबाठ

    एउटा नारी जो आफ्नो सिन्दुरको लागि माइती त्यागेर घर सम्म पुग्छिन त्यो नारीको जीवनमा एउटा बज्रपात थपिन्छ।घरमा पुग्दा श्रीमानको पहिलेनै बिबाह भएको र जेठी श्रीमती घरमा रहेको आफुलाई ढाटेर बिचल्ली बनाउछ श्रीमानले।यो यही कहानी...

    प्रधानमन्त्री ओलीलाई गोप्य रुपमा भेटेर आएका सुरेन्द्र केसीले किन सरकारलाईनै भने राष्ट्रघाती?

    पछिल्लो समय खरो विश्लेषण गर्दै आएका राजनीतिक विश्लेषक सुरेन्द्र केसीले केहि दिन अगाडी पत्रकार र उपप्रधानमन्त्री उपेन्द्र यादबबीच देखिएको बिबादको पर्दाफास गरेका छन।पत्रकारको बचाऊ गर्दै केसीले भने आफ्नै सहकर्मी यादबनै दोसी रहेको बताए। लामो समय...

    युटुबबाट केटा खोजिरहेकी सोनीकालाइ आयो अचम्म महिलाको बिबाह प्रस्ताब,३ जना संग बिहे गर्ने तयारी!

    पछिल्लो समय युटुबमा भाइरल रहेको सोनीका रोकायाले आफुलाई केटा खोज्न युटुब प्रयोग गरेको भिडियो बाहिर आएको छ।आमालाई फोन गरि लाइभ केटा खोजिदिन अनुरोध गरिरहेकी सोनिकाले अब युटुबबाट नै केटा खोज्ने र बिहे गर्ने उनले...

    ललितपुर अन्जना हत्याकाण्डले लियो भयानक रुप:अन्ततःवडाअध्यक्ष स्थानीय सम्मले खोले हत्याको रहस्य-के यो सत्य हो?

    नेपाली सांगीतिक क्षेत्रमा ‘सुन साइली’ बोलको गीतले निकै राम्रो चर्चा कमायो। गीतमा अडियो इन्जिनियरिङ गरेका थिए उज्वल महतले। उनै सुन्दर गीतका म्युजिसियनमाथि बिहीबार गम्भीर आरोप लागेको छ। आफ्नै घरमा बुहारीको निर्मम हत्या गरेको आरोपमा...

    पत्राकार र मन्त्री लफडा :मन्त्री जस्तोले प्रश्नको उत्तर दिन नसक्ने भन्दै उपेन्द्र यादवमाथी सुरेन्द्र केसीले दिए यस्तो चेतावनी

    पछिल्लो समय खरो विश्लेषण गर्दै आएका राजनीतिक विश्लेषक सुरेन्द्र केसीले केहि दिन अगाडी पत्रकार र उपप्रधानमन्त्री उपेन्द्र यादबबीच देखिएको बिबादको पर्दाफास गरेका छन।पत्रकारको बचाऊ गर्दै केसीले भने आफ्नै सहकर्मी यादबनै दोसी रहेको बताए। लामो समय...

    २ घण्टामै करोडपति बने राजिब !

    काठमाडौं- मोरङका राजीव जैनले को बन्छ करोडपतिमा १ करोड जितेका छन् । को बन्छ करोडपतिमा एक करोड जित्ने उनी पहिलो नेपाली हुन् । मोरङका जैन व्यवसायी हुन् । भारतको विश्वविद्यालयबाट एमबिए गरेका जैन यो कार्यक्रमको...

    प्रहरीले पक्राउ गर्यो म्युजिक नेपालका म्यानेजर थापालाइ-कारण सहित

    २९ वैशाख, काठमाडौं । प्रहरीले म्युजिक नेपालका म्यानेजर उज्जवल थापालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई पक्राउ...

    निगमको चार वटै जेट विमान खरिद प्रक्रियामै त्रुटि

    काठमाडौं, २८ बैशाख । संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ...

    देशभरको तीन दिने मौसम ; मेघ गर्जने र हावाहुरीसहित वर्षा

    काठमाडौं। जल तथा मौसम विभागले तीन दिनसम्म देशभरी मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने जनाएको छ। विभागले देशभरी शनिबार, आइतबार र सोमबारसम्म आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघ गर्जन र हावाहरीसहित वर्षा हुने...

    सरिता हत्याकाण्डको बाहिरियो उनकै सासुबाट रहस्य,यसरी भएको रहेछ हत्या,फर्किए आगो लगाइददिने चेतावनी

    काभ्रे हत्याकाण्डको पछिल्लो अपडेट बाहिरिएको छ।उनको हत्या १३ दिन पछि सासु मिडियामा आएकी छिन।बुहारी मार्ने प्लान अगाडीनै रहेको भन्दै सासुले सबै बास्तबिकता मिडियामा खोलेका हुन्।उनको हत्या कसरी भयो भन्ने प्रश्न यो बेला मिडियामा...