प्रधानमन्त्रीले दिए योगेशलाई फेरि धोका !

  • -लालिगुराश सम्बाद दाता
  • आइत, चैत्र ३, २०७५

    काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसकेका छन् ।

    मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिणाम दिन असफल भएको निष्कर्ष निकाल्दै मन्त्री फेरेर सरकारको कामलाई गति दिने तयारीमा प्रधानमन्त्री रहेका छन् ।ओली नेतृत्वको मन्त्रिपरिषद्मा केही समयअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि नयाँ मन्त्री को हुने भन्ने छलफल पनि शुरु भएको छ ।

    निर्वाचनको क्रममा प्रधानमन्त्री ओलीले ताप्लेजुङमा योगेश भट्टराईको निर्वाचन क्षेत्रमा पुगेर भाषण गर्दै उनलाई जिताएर पठाउने जिम्मेवारी ताप्लेजुङबासीको भएको र मन्त्री बनाउने जिम्मेवारी आफ्नो भएको बताएका थिए । तर ओली नेतृत्वको मन्त्रिमण्डलमा भट्टराई अटाउन सकेनन् । अहिले पुनः भट्टराई मन्त्री हुने चर्चा शुरु भएको हो ।

    मन्त्री हेरफेरसँगै पर्यटनमन्त्रीको पनि टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ । ‘अध्यक्ष प्रचण्डले पर्यटनमन्त्रीमा भट्टराईको नाम प्रस्ताव गर्नुभएको छ । तर प्रधानमन्त्री ओलीले भट्टराईको नाम अस्वीकार गर्नुभएको छ’, प्रचण्डको भनाइ उदृत गर्दै नेकपाका एक स्थायी समिति सदस्यले भने– ‘योगेशजीलाई पर्यटनमन्त्री बनाउँदा राम्रो हुन्छ, यसअघि पनि मन्त्री बनाउने घोषणा भएको थियो, भट्टराईलाई मन्त्री बनाउँदा सरकारलाई राम्रो हुन्छ ।’

    तर, जवाफमा प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्री बनाउनुभन्दा पार्टीकै जिम्मेवारी दिँदा राम्रो हुने बताएको ती नेताले बताए ।

    नेकपाका नेता देवेन्द्र पौडेलले मन्त्री हेरफेरको बारेमा पार्टीभित्र छलफल शुरु भएको स्वीकारे । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसुदून रायमाझीले लेखेका छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    देश बाट अन्य

    इम्युनोलोजि सम्बन्धि उच्च प्रविधि भित्र्यायो ब्लुक्रस अस्पतालले

    डाईग्नोटेक स्पोर्टको सहयकार्यमा अस्पतालले रोस कम्पनीको इम्यिुनोलोजी सम्बन्धि रोग परिक्षण गर्ने उपकरण जडान गरेको हो । अत्याधुनिक प्रविधिको उक्त उपकरणबाट इम्युनोलोजी सम्बन्धि विभिन्न परीक्षणहरु अस्पतालबाटै गरिने अस्पतालका संचालक समिति तथा कार्यकारी व्यवस्थापन समतिकिा...

    आज पनि राजपाद्वारा दिन संसद बैठक अवरुद्ध

    काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सोमबार पनि संसद बैठक अवरुद्ध गरेको छ । टीकापुर लगायत तराई मधेसमा भएका आन्दोलनको छानिबन गर्न सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन...

    यसरी टुंगियो झापा र मोरङमा नेकपा एकता प्रक्रिया , पढ्नुहोस्

    काठमाडौं । झापा र मोरङमा नेकपा एकता प्रक्रिया टुंगिएको छ । दुवै जिल्लामा तत्कालीन एमालेले ६० र तत्कालीन माओवादीले ४० प्रतिशत नेतृत्व बाँडफाँट गरेका छन्। नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदल बैठकले झापाका १५ स्थानीय...

    पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आज साँझ अमेरिका जादै …

    ३ चैत, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आइतबार साँझ अमेरिका जान लागेका हुन् । प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि...

    मध्यरातमा बाहिरियो चित्रबहादुरको डरलाग्दो खुलासा:सिके राउतले तराईलाई भारतमा सुम्पिदै, तराई अब दोश्रो सिकिम बन्ने खतरा!

    प्रभाबसाली कम्युनिष्ट नेता चित्रबहादुर केसीले देश खतरामा रहेको खुलासा गरेका छन।लालीगुराँस सम्बादमा कुराकानीको क्रममा उनले देश खतरामा रहेको खुलासा गरे।सिके राउत संग सम्झौता हुने बिथिकै थप शंका उब्जिएको उनि बताउछन।’जसरी सिकिम भारतको कब्जामा पुग्यो...

    नेपाल बन्द ; देशैभर यस्तो प्रभाव !

    काठमाडौँ । आज बिहीबार काठमाडौँ उपत्यकामा सवारी साधनको ओहोरदोहोर घटेको छ। नेत्र विक्रम चन्द विप्लवको बन्दका कारण आज सवारी आवागमनमा कमी आए पनि कुनै ठाउँमा सवारी अवरोधन नरहेको प्रहरीले जनाएको छ। नेत्रविक्रम चन्द...

    गएराति बम विस्फोट, ६ पक्राउ

    २९ फागुन, चितवन । जिल्लाको भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । गएराति १२ः३० बजे भएको विस्फोटले वडा कार्यालयका झ्यालका सिसा फुटेको छ । विस्फोटपछि लागेको आगोले...

    सलमान खानसँग इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए अनुमती

    बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् । हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म...

    सार्वजनिक ठाउँमा सुर्ति र सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा रोक लगाउन चरणबद्ध कार्यक्रम !!!

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य वस्तु प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम गर्ने भएको छ। पछिल्लो समय सुर्तिजन्य वस्तुको प्रयोग बढिरहेकाले काठमाडौँका सार्वजनिक ठाउँमा सुर्ति र सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा एकै पटक...

    सार्वजनिक गर्यो सरकारले संघीय नेपालको प्रशासनिक नक्सा , किन तीन प्रदेशको मात्रै नाम उल्लेख त ?

    काठमाडौं । सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक...