राष्ट्रपति भण्डारी माथि प्रश्न चिन्न खडा ? पदमुक्त भइसकेका पराजुलीबाट राष्ट्रपतिले लिएको सपथ वैधानिक कि अवैधानिक

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, फाल्गुन ३०, २०७४

    फागुन ३०, काठमाण्डौ । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले पदमुक्त भइसकेका प्रधानन्यायाधिश गोपाल पराजुलीबाट पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

    राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायापरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।

    न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारिएको छ । पदमुक्त भइसकेको भनिएको ब्यक्तिबाट राष्ट्रपति भण्डारीले लिएको सपथलाई वैधानिकता मान्ने वा नमान्ने भन्ने गम्भीर संवैधानिक प्रश्न उब्जिएको छ ।

    भण्डारीलाई सपथ ग्रहण गराउने कार्यक्रम सुरु हुनेक्रममै न्यायपरिषद सचिवालयले प्रधान न्यायाधीशलाई पदमुक्त घोषणा गरेको थियो ।

    न्यायपरिषद सचिवालयले प्रधान न्यायाधीश पराजुलीलाई ’पदमा नरहेको जानकारी’ गराउँदै न्याय परिषद सचिवायलमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरबाट प्राप्त पत्रका आधारमा पराजुली गत साउन २१ गते नै ६५ वर्ष पूरा भइसकेको देखिएकाले सचिवस्तरीय निर्णयबाट पदमुक्त भएको उल्लेख छ ।

    यद्यपी प्रधानन्यायाधीसले पदमुक्त भएको पत्र औपचारिक रूपमा नबुझिन्जेलसम्म उनले गरेका कामकारवाही पदीय हैसियतमै बसेर गरेको मानिने कतिपय संविधानविदले बताउने गरेका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य