३४ औं वार्डेन सेमिनार तथा १६ औं मध्यवर्ती क्षेत्रका अध्यक्षहरुको बैठक दार्चुलामा उद्घाटन

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, फाल्गुन ३०, २०७४

    उद्धव सिंह धामी,दार्चुला,फागुन ३० गते । मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण तथा व्यवस्थापनका लागि भावी कार्यदिशा भन्ने मूल नाराका सहित पहिलो पटक दार्चुलामा ३४ औँ वार्डेन सम्मेलन तथा मध्यवर्ती क्षेत्र विकास व्यवस्थापन समिति अध्यक्षहरुको १६ औँ बैठक उद्घाटन गरिएको छ । 
     २०६७ सालमा स्थापना भएको देशकै सबै भन्दा कान्छो संरक्षण क्षेत्रमा पहिलो पटक देशभरीका वार्डेनहरुको वार्डेन सम्मेलन ३४ औ सम्मेलन दार्चुलामा पहिलो पटक उद्घाटन गरिउको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक गोपाल प्रसाद भट्टराईको अध्यक्षतामा उद्घाटन गरिएको सम्मेलनमा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबीर बहादुर कार्की प्रमुख अतिथि रहनु भएको थियो ।
    प्रदेश नम्बर ७ का उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालयका प्रदेश सचिव सुधीर कुमार कोइराला विशिष्ट अतिथि रहनु भएको उक्त सम्मेलनमा जिल्लाका विभिन्न स्थानिय तहका प्रमुखहरु, देशभरीका वार्डेनहरु, राष्ट्रिय निकुञ्जको संरक्षणमा तैनाथ सेनाका प्रमुख, मध्यवर्ती क्षेत्रका अध्यक्षहरू,सरोकारवाला निकाय, संरक्षणकर्मी संचारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको छ ।
    राष्टिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागको आयोजनामा हुन लागेको वार्डेन सेमिनार चैत्र २ गतेसम्म सञ्चालन हुने बिभागले जनाएको छ ।सम्मेलनले गतबर्ष भएका कामहरुको समिक्षा गर्दै, संरक्षणको भावी कार्य दिशा तयार गर्ने तथा संरक्षण क्षेत्रको भौगोलिक अवस्थाबारे जानकारी आदान प्रदान गर्ने उदेश्य लिएको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टरार्इले जानकारी दिनभयो । गत वर्षको मकालु बरुण राष्ट्यि निकुञ्जको ३३ औं वार्डेन सेमिनार तथा १५ औं मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिको बैठकले निर्णय गरे अनुसार ३४ औ वार्डेन सेमिनार दार्चुलामा सञ्चालन गरीएको समेत उनले बताएका छन् ।
    दिउँसो ३ बजेदेखी प्राविधिक एव बन्द सत्र सञ्चालन गरेर भावी कार्यदिशाबारे संरक्षणकर्मीहरुका बीचमा छलफल भएको छ । सम्मेलनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्ने अधिकासं बक्ताहरुले साविकका २१ गाबिस समेटेर निमार्ण भएको अपिनाम्पा संरक्षण क्षेत्रले जनताको हितमा काम गर्न नसकेको भन्दै गुनासो गरेका छन् । जनताले संरक्षण गरेबाफत प्रतिफल नपाएको बरु अपिनाम्पा कार्यालयले निहित स्वार्थको आधारमा कार्यक्रम सञ्चालन र बजेट खर्च गर्ने गरेको जनप्रतिनिधिहरुले आरोप लगाएका छन् ।
    जिल्लाका पाचँओटा गाउँपालीका र महाकाली नगरपालीकाको २ ओटा वार्डमा फैलीएको अपिनाम्पा संरक्षण क्षेत्र सञ्चालन नियमावली जनताको हित हुनेगरी निमार्ण गरीनु पर्नेमा जोड दिइएको छ । साथै नेपालको संविधानले परिकल्पना गरे अनुसार संघिय संरचना अनुसार स्थानिय तह कार्यान्वयनमा आइसकेको अवस्थामा समेत अपिनाम्पा संरक्षण क्षेत्रले कुनै प्रकारको समन्वय नगरेको र गर्न पनि नचाहेको जनप्रतिनिधिहरुको गुनासो रहेको छ ।

     

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य