कैलाली बोक्सीको आरोपमा निर्धक रुपमा कुटपिट गरिएको घटना सेलाउन नपाउदै आज कञ्चनपुरमा पनि युवती माथी कुटपिट

  • -लालिगुराश सम्बाद दाता
  • बुध, फाल्गुन ३०, २०७४

    पुनर्वास,कञ्चनपुर । पश्चिम नेपालको कैलाली कञ्चनपुर यतिबेला मानव अधिकार उलंघन र महिला हिंसाका घटना चुलिँदै गएका छन । केहीदिन अघि कैलालीको घोडाघोडी नगरपालिकामा एक युवतीलाई बोक्सीको आरोपमा निर्मम रुपमा कुटपिट भएको घटना नसेलाउदैँ आज निर्मम रुपमा पनि युवती माथी कुटपिट भएको छ ।

    बुधबार बिहान १० बजे भिमदत्त नगरपालीका वडा नम्बर ५ की २४ बर्षिया सोनी चन्दलाई भिमदत्त नगरपालीका १० गड्डाचौकी बस्ने २७ बर्षिय राकेश चन्दले सोनिको घरमै आई कुटपिट गरेका हुन । कुटपिटबाट सोनीको आँखामा गम्भिर चोट लागेको छ । राकेशले आफ्नो औँलाहरुले सोनीको आँखाघोचेको र उनको अनुहारमा तातो उम्लिरहेको घिउ फालीदिएका थिए ।

    उनलाई उपचारका लागी महेन्द्रनगर आँखाअस्पतालमा ल्याईएको तर उनको आँखाबाट रगत बग्न नरोकिएको हुँदा थप उपचारका लागी कैलालीको गेटा अस्पताल लगिएको छ । सोनी माथी हमला गर्ने राकेश चन्दको खोजी भईरहेको कञ्चनपुर जिल्ला प्रहरी ले बताएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य