राष्ट्रिय सभा अध्यक्षमा पोलिटब्युरो सदस्य गणेशप्रसाद तिमिल्सीना निर्वाचित

  • -लालिगुराश सम्बाद दाता
  • बुध, फाल्गुन ३०, २०७४

    राष्ट्रिय सभाले अध्यक्षमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशप्रसाद तिमिल्सीनालाई निर्वाचित गरेको छ।

    संसदको १ बजे बसेको बैठकले तिमिल्सीना निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। प्रस्तावकमा खिमलाल भट्टराई रहेका थिए भने समर्थकमा दिनानाथ शर्मा रहेका थिए।

    राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उनलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरिएको हो।

    राष्ट्रिय सभाको अध्यक्ष पदमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशप्रसाद तिमिल्सीनाको एकल उम्मेद्वारी परेको थियो।

    हाल राष्ट्रिय सभाको बैठक जेष्ठ सदस्यको हैसियतमा तारादेवी भट्टले सञ्चालन गर्दै आएकी छिन्।

    तिमिल्सीना प्रदेश ४ बाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य