अब भोलि नै मन्त्रिमण्डल विस्तार हुन्छ, प्रचण्डसँग मेरो परामर्श भैसक्यो : प्रधानमन्त्री ओली

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, फाल्गुन ३०, २०७४

    काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि वा पर्सीसम्म मन्त्रिमण्डल विस्तार गर्नेगरि तयारी थालेका छन् । यसको लागि उनले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुवीच यस विषयमा विशेष छलफल भएको स्रोतको दाबी छ । सरकारमा सहभागी हुने दल संघीय समाजवादी फोरमलाई कुन–कुन मन्त्रालय दिने भन्नेबारे ओली र प्रचण्डबीच आज छलफल भएको बालुवाटार स्रोतले जनाएको हो ।

    त्यस्तै राजपालाई पनि कसरी सरकारमा सहभागी गराउन सकिन्छ भन्ने विषयमा आजको छलफल केन्द्रित भएको थियो । यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिने दलहरुको सम्मानमा बालुवाटारमै चियापानको आयोजना गरेका थिए । त्यस क्रममा फोरम र राजपाका शीर्ष नेताहरुको पनि सहभागिता थियो ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य