मदन भण्डारीसँग भूमिगत विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति, फेरी चुकिनन दोश्रो पटक पनि …..

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, फाल्गुन २९, २०७४

    काठमाडौँ । नयाँ राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन्। उनी संघीय नेपालको पहिलो तथा नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। भण्डारी नेपालकै पहिलो महिला राष्ट्रपति हुन्।

    राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा वाम गठबन्धनकी उम्मेद्वार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी हुन्।

    उनले ३९ हजार २७५ मतभार पाइन् भने भण्डारीसँगै चुनावी मैदानमा उत्रिएकी कांग्रेसकी कुमारी लक्ष्मी राईले ११७३० मतभार प्राप्त गरिन्।

    यस्तो छ भण्डारीको जीवन यात्रा
    बाबु रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेको कोखबाट भोजपुर जिल्लामा जन्मिएकी विद्यादेवी भण्डारी विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय थिइन्। भोजपुर क्याम्पसमा आइ ए अध्ययनको थालनिसँगै विसं२०३५ देखि नेकपा मालेको युवा लिगमा संगठित हुँदै विद्याले राजनीतिक जीवनको थालनी गरेकी हुन्। उनी २०३७ मा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषध्यक्ष निर्वाचित भएकी इिन्।

    उनको २०३९ सालमा तत्कालिन नेकपा मालेका नेता मदन भण्डारीसँग भूमिगत रुपमा विवाह गरिन्। मदन भण्डारीको २०५० साल जेठ ३ मा शंकास्पद रुपमा जीप दुर्घटनामा मृत्यु भयो। पतिको मृत्यु पछि विद्यादेवी पुनः राजनीतिमा सक्रिय भइन्।

    काठमाडौं क्षेत्र नं १ मा २०५० सालमै भएको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि उनको चर्चा झनै चुलियो।

    भण्डारी २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा रहेर राजनीतिमा सक्रिय रहिन्। करिब २ दशकदेखि पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष रहेकी भण्डारी २०६५ सालमा बुटवलमा भएको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

    भण्डारी २०५४ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने पछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।

    त्यसपछि उनी २०७१ साल असोज ११ गते पहिलोपटक गणतन्त्र नेपालको दोश्रो राष्ट्रपति तथा नेपालकै पहिलो महिला राष्ट्रपति बनिन्।

    dc nepal

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य