यस्ता छन् अब प्रधानन्यायाधीश पराजुलीका अन्तिम विकल्प, के गर्छन होला अब पराजुली

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, फाल्गुन २९, २०७४

    काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध २८ फागुनमा न्यायाधीश चोलेन्द्रशम्शेर जवरा उत्रिएपछि न्याय क्षेत्रमा भुकम्प सुरु भएको छ । जन्म मितिका आधारमा पराजुलीले गत साउन २१ मा नै अवकास पाइसक्नुपर्ने भन्दै जवराले इजलास वहिष्कार गरेपछि त्यसको पराकम्प भुकम्पभन्दा ठूलो हुँदै गइरहेका छन् ।

    दोस्रो दिन न्यायाधीश चोलेन्द्रशम्शेर जवरा वाहेकका न्यायाधीशलाई राखेर प्रधानन्यायाधीश पराजुलीले इजलास तोके । तर, समस्या झनै जटिल बन्यो । चोलेन्द्र मात्र होइन थप ८ न्यायाधीशले राणाकै पदचाप पछ्याए । अर्थात बहिष्कार गर्नेमा ८ न्यायाधीश थपिए ।

    न्यायाधीशहरु दिपकराज जोशी, प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिलकुमार सिन्हा इजलास गएनन् । उनीहरुको कदमलाई बहिष्कार मानिएको छ ।

    सच्चाइयो भनिएको जन्म मितिलाई आधार मान्दा पनि प्रधानन्यायाधीश पराजुलीको पद वैशाख दोस्रो सातासम्मलाई मात्र हो । यदि उनले जन्म मिति नसुधारेको भए न्यायाधीशवाटै विदा हुनुपर्ने तथ्य न्यायाधीश चोलेन्द्र शम्शेरले सार्वजनिक गरिसकेका छन् ।

    उनको जन्म मिति विवाद यतिवेला उत्कर्षमा पुगेको छ । कान्तिपुर पब्लिकेसन र डा. गोविन्द केसी विरुद्ध अपहेलना मुद्धामा पेशी तोकिएपछि पराजुली विवादको चुलीमा पुगेका हुन् ।

    प्रश्न सुरु भएको छ, प्रधानन्यायाधीश पराजुलीले अब के गर्छन् ? उनीसँग खासगरी ४ वटा विकल्प मात्र बाँकी छन् –

    यी हुन् ४ बिकल्प –
    १. इजलास वहिष्कारमा संलग्न न्यायाधीशलाई कारवाही गरेर अघि बढ्नेः
    पहिलो दिन चोलेन्द्र शम्शेर जवरा मात्र थिए, इजलास बहिष्कार गर्ने न्यायाधीश । तर दोस्रो दिन ८ जना थपिएका छन् । जे भएपनि उनीहरु सवैलाई कारवाही गरेर अघि बढ्ने पराजुलीको पहिलो विकल्प हो । सकेर सर्वोच्चलाई अघि बढाए भने पराजुली कै जीत भएको मानिने छ । पराजुलीले यो किनपनि सक्छन् भने उनको पक्षमा पनि उत्तिकै न्यायाधीशहरु सक्रिय रहेका छन् । डटेर बस्नु उनको पहिलो बिकल्प हो ।

    २. सम्भावित महाअभियोगको ‘फेस’ गर्नेः
    विभिन्न किसिमका विवादमा परिरहेका प्रधानन्यायाधीश माथि महाअभियोग लाग्यो भनेपनि त्यसमा अचम्म नमाने हुन्छ । वरिष्ठ वकिलहरु भन्न थालेकाछन् –‘सर्वोच्चको यस्तो रबैयाप्रति संसद आकर्षित भइसक्यो ।’ अर्थात अवको समाधान संसदले दिन्छ ।

    ३. विवाद समाधानार्थ आफैं विदामा बस्नेः
    माथिका दुई विकल्पहरु उनकालागी टाउको दुखाईको विषय हुन् भने उनले विदा बसेर समस्यालाई टारिदिन सक्छन् । यो उनी र न्यायालयवीचको ‘सेफल्याण्डिङ’ गराउने बिकल्प बन्न सक्छ ।

    ४. राजीनामा दिएर बाटो तताउँनेः
    ८/८ जना न्यायाधीशले इजलास बहिष्कार गर्नु भनेको प्रधानन्यायाधीशको कमाण्ड सकिएको जनाउ पनि हो । नैतिक रुपमा पराजुली संकटमा फसिसकेका छन् । यसको सामना गरेर बस्नुभन्दा चुपचाप बाटो लाग्नु बुद्धिमानी निर्णय हुन सक्छ । पत्रपत्रिकामा सधैं नकारात्मक समाचार र सामाजिक सञ्जालको गाली बेइजतीदेखि सम्भावित महाअभियोगको पासोमा किन पर्ने भन्ने हिसावमा राजीनामा सवैभन्दा उत्तम बिकल्प हुन सक्छ ।

     

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य